पाल्पा–बुटवल सडकखण्ड एकतर्फी सञ्चालन - SamacharpatiSamacharpati        

पाल्पा–बुटवल सडकखण्ड एकतर्फी सञ्चालन

समाचारपाटि रामपुर (पाल्पा), १९ साउन । वर्षात्का कारण पहिरो खस्दा अवरुद्ध बनेको पाल्पा–बुटवल सडकखण्ड एकतर्फीरुपमा सञ्चालन भएको छ ।

सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा–बुटवल सडकखण्डको तिनाउ गाउँपालिका–३ दोभानस्थित प्रहरी चौकी नजिकै पहिरो खसेको हो ।

बुधबार अपराह्न ४ बजे पहिरो खसेपछि अवरुद्ध बनेको सडक आज बिहानदेखि एकतर्फी रुपमा सञ्चालन भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख हरिराज वाग्लेले जानकारी दिनुभयो । सडकमाथिबाट ठूलाठूला ढुंगासहित पहिरो खसेपछि सडक अवरुद्ध बनेको थियो ।

लामो समयसम्म सडक सञ्चालन नहुँदा यात्रुले निकै सास्ती खेप्नु परेको थियो । ठूला ढुंगासहितको पहिरो पन्छाउन कठिन भएकाले पूरै सडक सञ्चालन गर्न नसकिएको प्रहरीको भनाइ छ ।

मुग्लिन–नारायणघाट सडकको विकल्पका रूपमा रहेको सो सडक अहिले काठमाडौँबाट नेपालको पश्चिमतर्फ छुट्ने बस यही बाटो हुँदै गुड्ने गरेका छन् । पाल्पा–बुटवल सडकखण्डमा अहिले यात्रुको चाप बढ्दो छ । रासस

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित