यसकारण हुदैन नेपालमा प्रत्यक्ष राष्ट्रपति निर्बाचन प्रणाली

जुनसुकै व्यवस्था वा निर्बाचन प्रणाली अपनाए पनि मुख्य कुरा व्यक्ति सहि हुनु पर्यो । काम गर्ने सैली ठिक हुनु पर्यो । अनी इमान्दार र कर्तब्य निस्ट हुनु पर्यो, भ्रस्ट र स्वार्थि हुनु भएन । उदाहरणका लागि चीनमा सासक आफै चुनिन्छन, तर देश र जनताका लागि इमान्दार भएर काम गर्छन । त्यशैले आज चीन अमेरिकालाई उच्छिन्ने अवस्थामा पुगेको छ ।

नेपालमा सासक जनता द्वारा चुनिन्छन तर आफु र आफन्ताका लागि काम गर्छन । अनि देशको हालत काँहा पुगेको छ, हामि सबैलाई थाहै छ । संसारमा थुप्रै राजत्रन्त्र, भएका देशहरु पनि धनि छन् र गरिब पनि छन् । संसारमा गणत्रन्त्र भएका थुप्रै देशहरु धनि पनि छन् र गरिब पनि छन् । त्यशैले व्यवस्था कस्तो भन्ने कुरा मुख्य होइन, व्यक्ति कस्ता छन् भन्ने कुरा चाँही मुख्य हो । अरब देशहरुमा प्रजात्रन्त्र छैन, तर त्यँहाको सरकारले देश र जनताको लागि काम गर्छन, र त् देश र जनता सम्पन्न छन । त्यशैले प्रजात्रन्त्रले मात्र पनि देश बन्ने होइन, र गणत्रन्त्रले मात्र पनि देश बन्ने होइन । उदारहणका लागी जुन कम्पनिको गाडी भए पनि मुख्य कुरा चलाउने ड्राइबर सहि हुनु पर्यो । ड्राइबर नै सहि छैन भने मर्सडीज बेंच होस् वा फरारे नै किन नहोस दुर्घटना हुन् सक्छ । बाटो नै सहि छैन भने पोखरा जानुस वा चितवन जानुस । जता गए पनि दुर्घटना हुन् सक्छ । त्यशैले व्यवस्था र पद्दतिले मात्र देश बन्ने होइन, सहि व्यक्ति सहि ठाउ र सहि निर्णयले मात्र देश बन्ने हो । अर्को कुरा जुन व्यवस्था आए पनि ५ बर्ष मज्जाले काम गर्न पाउन पर्यो ।

राणाले बनाइ दिएको भवनमा बसेर सासन चलाउने अनी राणालाई नै गालि गरेर मात्र देश बन्दैन । खै राणाहरुले भन्दा राम्रो काम गर्न सकेको ? पंचायतले बनाइ दिएको बाटोमा हिड्ने अनी पंचायतलाइ नै गालि गर्ने ? खै पंचायतले भन्दा राम्रो काम गर्न सकेको ? सधै बैदेसिक सहयोग मागेरै देश चल्ने भए बरु भिखारीलाइ मन्त्रि र प्रधानमन्त्रि बनाउ । किनकी प्रोफिसनल भिखारी भए अलि राम्रै संग माग्न सक्थ्यो कि ? यस कारण प्रतक्ष निर्बाचित रास्टपति वा प्रतक्ष निर्बाचित प्रधानमन्त्रि ठिक छ कि छैन, माथि उल्लेखित यिनै कुराहरुले नै निर्धारण गर्दछ । र पनि नेपालमा किन प्रतक्ष निर्बाचित रास्टपति वा प्रतक्ष निर्बाचित प्रधानमन्त्रि सिस्टम हुदैन वा आउन सक्दैन भन्ने बिषयमा यो लेख केन्द्रित छ ।
राजनीतिक पार्टीहरुले कहिले पनि प्रतक्ष रास्टपति निर्बाचन प्रणाली र प्रतक्ष प्रधानमन्त्रि निर्बाचन प्रणाली राख्दैनन् । त्यशैले यो बिसयमा बहस गर्नु नै बेकार छ । किनकि नाम चलेका इमान्दार र ट्यालेन्ट व्यक्ति स्वत्रन्त्र उमेद्वारको रुपमा उठी दिए भने राजनीतिक पार्टीहरुले सत्ताको नेतृत्व सधैलाई गुमाउन पुग्छन । नेपालमा पनि सामाजिक क्षेत्रमा नाम चलेका त्यस्ता व्यक्तिहरु थुप्रै छन ।

जस्तै हरिबम्स आचार्य, मदन कृष्ण श्रेष्ठ, महाबिर पुन, विजय लामा, राजेश हमाल, कुल मान घिसिङ्ग, रबि लामिछाने, धुर्मुस, सुन्तली इत्यादि । यी मध्य कुनै पनि एक व्यक्ति स्वत्रन्त्र उमेद्वारको रुपमा प्रतक्ष रास्टपति पदमा उठी दिए भने लोकप्रियताका आधारमा जित्न पनि सक्छन । त्यशैले आफै हार्ने सिस्टम राजनीतिक पार्टीले कहिले पनि ल्याउदैनन । राजनीतिलाइ कमाइ खाने र रमाई खाने भाडो बनाउनेहरु बाट प्रतक्ष निर्बाचित कार्यकारी सिस्टम होला भनेर अहिलेलाइ कल्पना पनि नगरौ । यस बिषयमा राजनीतिक पार्टी र केहि नेताहरुले बहस गर्छन भने त्यो जनता भुलाउने मेलो मात्र हो । इमान्दार भएर यो सिस्टम ल्याउन राजनीतिक पार्टी नै लाग्ने हो भने त् कशैले पनि रोक्न सक्दैन ।

सामाजिक क्षेत्रमा धेरै राम्रो काम गरेर नाम चले पनि राजनीतिक क्षेत्रमा आएर काम गर्नु त्यति सजिलो छैन भनेर एदी कशैले सोच्छ र भन्छ भने त्यो 100 % गलत हो । देश बनाउन बैज्ञानिकको जस्तो त्यत्रो ठुलो बिग्यता पनि चाहिन्न । देश बनाउन रकेट साइन्स नै जान्नु पर्ने पनि होइन । काम गर्ने बाताबरण र अवसर मिलाइयो भने देश बनाउन कुनै गाह्रो छैन । मात्र २ वटा कुरा भयो भने देश मज्जाले बनाउन सकिन्छ । त्यो हो एक इमान्दारिता, दुइ इच्छा सक्ति ।

नेता इमान्दार भए पुजी, प्रबिधि र (दक्ष- अदक्ष) जनसक्तिको कुनै कमि छैन र हुने पनि छैन । नेता इमान्दार भए न त् आफु भ्रस्टचार गर्छन, न त् कर्मचारीहरुले नै भ्रस्टचार गर्न सक्छन । अझ बास्तबिकता त् के हो भने कर्मचारी र ठेकेदार संग मिलेर भ्रस्टचार गर्ने र गराउने राजनीतिक दलका नेताहरु नै हुन् । आफै भ्रस्टचारमा संलग्न भए पछि भ्रस्टचार बिरुद्ध कडा कानुन ल्याउने त कुरै भएन । दण्ड जरिबाना गराउने पनि कुरै भएन । अर्को कुरा राजनीतिक पार्टीहरु जिम्मेदार र इमान्दार भए नेपाल बन्द पनि हुदैन, किनकि जनताको लागि होइन आफ्नो स्वार्थ पुरा गर्न नेपाल बन्द गरेका हुन् । जनताको इच्छा बिपरित जबर्जस्ति गरिने नेपाल बन्द जाएज र कानुन सम्बत कदापि हुन सक्दैन । त्यशैले पार्टीहरु जिम्मेदार र इमान्दार हुने हो भने ९०% बिकृतिहरु रोकिन्छन ।

भारतीय अनावश्यक हस्तक्षेप र नेपाल प्रतिको गलत रणनीतिका कारण पनि देश बन्न नसकेको हो, तर नेपाली नेता इमान्दार हुने हो भने भारतीय हस्तक्षेप हुनै सक्दैन । अनि नेता इमान्दार भए भारतले केहि पनि बिगार्न सक्दैन । भारतीय हस्तक्षेप हुनुको दोषी मात्र सत्ता लिप्त नेपाली नेताहरुनै हुन । देश न बन्नुको मुख्य कारणनै नेता बेमान र असक्षम हुनाले गर्दा हो । नेता इमान्दार नभए सम्म जतिनै बैदेसिक सहयोग आए पनि, जति नै राजश्व उठे पनि देश बन्दैन । अहिले सम्म नेपालमा भएका कुनै पनि बिकास निर्माणहरु भर पर्दो, दिगो, गुणस्थरिय र टिकाउ खालका छैनन् । भारतको इच्छा बिपरित ठुला योजना बनाउन नसकेर आलटाल र भुलाउ र झुलाउ नीति अबलम्बन गरेको समेत पाइयो ।

केरुङ्ग, काठमान्डौ पोखरा, लुम्बिनी मेट्रो रेल यसको उदारहरणका लागि लिन सकिन्छ । देश बिकास गर्न दुबै छिमेकी देशको सहयोग र समर्थन लिन सक्नु पर्दछ । तर सरकारले भारतीय राष्टपति र प्रधानमन्त्रिलाइ मात्र नेपाल भ्रमण गरायो तर नेपाल आउने तिब्र इच्छा प्रकट गर्दा गर्दै चिनिया राष्टपतिको नेपाल भ्रमण अहिले सम्म हुन् नसक्नु किन र कसको कमजोरी हो ? जनतालाई जवाफ दिनु पर्दैन ? त्यशैले निजि स्वार्थका लागि भारत संग मिलेर राजनीतिक अस्थिरता जारि राख्न्ने निर्णय गर्नेहरुलाई फेरी पनि हार्दिक स्रदान्जली । बिस्तारै जनताले सबै कुरा बुझ्दैछन्, त्यशैले राम्रो काम गर्न नसक्ने र नचाहनेहरुले राजनीति बाट सदाको लागि बिदा हुन् तयार भएर बसे हुन्छ ।

अनुभब र बिग्यता ले नै सफलता दिलाउछ, देश बनाउने अनुभब र बिग्यता भएका त्यस्ता व्यक्ति राजनीतिमा मात्र होइन सबै क्षेत्रमा हुन् सक्छन । नेतृत्वमा भएका व्यक्तिहरुले बिग्य र बिग्यता भएका व्यक्तिलाई प्रयोग गर्न नसक्नु र नचाहनु नै ठुलो बिडम्बना हो । स्मरण रहोस राजिब गान्धी राजनीतिमा आउनै चाहदैन थे, उनि त् व्यवसाहिक र पेसागत हिसाबले पाइलट थिए, अनि आफ्नै काममा रमाई रहेका थिए । तर उनको दाइ संजय गान्धीको दुर्घटनामा मृतु भए पछि राजनीतिमा आएका हुन्, र उनि अत्यन्त सफल प्रधानमन्त्रि समेत भए । नेपालमा पनि यस्तो नहोला भनेर ठोकुवा गर्न सकिन्छ र ?

त्यशैले अनेक जाल झेल र सब्द जाल प्रयोग गरेर देशमा हाली मुहालि गर्ने प्रबृदी हाबी रहे सम्म प्रतक्ष रास्टपति निर्बाचन प्रणाली वा प्रतक्ष प्रधानमन्त्रि निर्बाचन प्रणाली काएम हुन् कदापि सक्दैन ।

– मीन बहादुर पण्डित, हाल दुबई यु.ए.ई.

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा samacharpati@gmail.com मा पठाउनुहोला ।



प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित