राजीनामा दिन पुगेका रमनलाई देउवाले फर्काए

काठमाडौं, १७ साउन । पदबाट राजीनामा दिन कार्यालयबाट बिदा भएर सोमबार सिंहदरबार पुगेका महान्यायाधिवक्ता रमनकुमार श्रेष्ठलाई प्रधानमन्त्री शेरबहादुर देउवाले ‘अझै केही समय पर्खन’ भन्दै फर्काएका छन् ।

महान्यायाधिवक्ता श्रेष्ठ दिउँसो ४ बजे राजीनामा दिने भन्दै कार्यालयबाट बाहिरिएका थिए । तर, प्रधानमन्त्री कार्यालयबाट फर्केका श्रेष्ठले पुनः महान्यायाधिवक्ता कार्यालय पुगेर प्रधानमन्त्रीलाई भेटेर मात्र फर्केको जानकारी गराए । ‘मैले राजीनामाको कुरा गर्दा अहिले पर्खनुस् न भन्ने कुरा भयो,’ प्रधानमन्त्री देउवाको भनाइ उद्धृत गर्दे श्रेष्ठले भने ।

राजीनामा दिन हिँडेका उनले कार्यालयमै फर्केर राजीनामा नदिएको सुनाएपछि सरकारी वकिल आश्चर्यमा परे । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top