नगर बालमञ्चमा शाश्वत

समाचारपाटी, पोखरा, १४ साउन । पोखरा लेखनाथ महानगर बालमञ्चको अध्यक्षमा शाश्वत कोइराला चयन भएका छन् । शनिबार बसेको नगर बालभेलाले कोइरालाको अध्यक्षतामा ३३ सदस्यीय बालमञ्च गठन गरेको हो ।

मञ्चको उपाध्यक्ष सुजन लामिछाने, सचिव मौसमी अधिकारी, सह सचिव एलिना श्रेष्ठ र कोषाध्यक्ष उद्धार अधिकारी चयन भए । सदस्यहरुमा रञ्जीता अधिकारी, आदित्य कोइराला, दिपक पौडेल, सुवास अधिकारी, सिमोन गुरुङ, सफल पराजुली, सरोज गौतम, सन्देश विक, अपिल बराल, अस्मिता आचार्य, सन्ध्या श्रेष्ठ, मन्दिरा सुवेदी, विक्रम सुवेदी, प्रदिप पाण्डे, निरज पौडेल, अजय बराल, प्रबेश बास्तोला, अस्मिता पौडेल, अन्जिता बस्ताकोटी छन् ।

३३ वटै वडाबाट सदस्य चयन हुने भएकाले नपुग वडाहरुमा पहिलो बैठकबाट निर्णय गर्ने साविक पोखरा नगर बालमञ्चका अध्यक्ष तथा कार्यक्रम संयोजक सुदर्शन पौडेलले जानकारी दिए । मञ्चको सचीवालय पनि पहिलो बैठकले गठन गर्नेछ । सचिवालय समितिमा १५ सदस्य हुनेछन् । कार्यक्रमकै अवसरमा उत्कृष्ट कार्य गर्ने अध्यक्षहरु सम्मानित भएका थिए । साविक लेखनाथ बालमञ्च अध्यक्ष अनुराधा लामिछाने र पोखरा बालमञ्चकी पूर्वअध्यक्ष अनुश्रेया सुवेदी सम्मानित भएका हुन् ।

कार्यक्रममा नगर बाल संरक्षण समिति संयोजक उज्वल खत्री, गैसस महासंघ सचिव रामप्रसाद सुवेदी, जिल्ला बालमञ्च अध्यक्ष रश्मी भट्टराई लगाएतले बोलेका थिए । संयोजक पौडेलको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन लेखनाथ नगरबालसञ्चका सचिव नरेश खनाल र पोखराकी सचिव एलिना श्रेष्ठले गरेका थिए ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top