नवजात शिशु तथा बालरोगको एकिकृत व्यवस्थापन गरीने

लमजुङ । लमजुङमा समुदायमा आधारित नवजात शिशु तथा बालरोगको एकिकृत व्यवस्थापन कार्यक्रम सञ्चालन गरिने भएको छ । नवजात शिशु तथा वालबालिकाको स्वास्थ्यमा सुधार गर्दै उनीहरुको जीवन रक्षा, स्वास्थ वृद्धि र विकासमा सहयोग पु¥याउन तिन वर्षिय कार्यक्रम गर्न लागिएको हो ।

बिहिबार सरोकारवालहरुविच कार्यक्रमको बारेमा जानकारी गराइएको हो । नेपाल सरकारको कार्यक्रम अन्तर्गत ५ वर्ष मुनिका वालवालिकामा लाग्ने रोग र मृत्युदर न्युनिकरण गर्न यस्तो कार्यक्रम सञ्चालन गर्न लागिएको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमूख दुर्गादत्त चापागाईले बताउनुभयो ।

प्रमुख वाल रोगहरुको एकीकृत व्यवस्थापन गर्नुका साथै स्वास्थ्यकर्मीहरुको सिपमा विकास गरी उचित व्यवस्थापनका निम्ति स्वास्थ्य प्रणाली सुधार गर्न कार्यक्रम सञ्चालन गर्न लागिएको जनस्वास्थ्य प्रमूख चापागाईले बताउनुभयो । कार्यक्रमबाट वाल स्वास्थ्य प्रवर्धन साथै परिवार र समुदायको सम्बन्धित ज्ञान, धारणा र व्यवहारमा सुधार गर्ने लक्ष्य राखिएको चापागाईले बताउनुभयो ।

कार्यक्रम अवधिमा जिल्लाको विवरण संकलन गरी सरोकारवालाहरुलाई तालिम तथा अभिमुखिकरण, व्यवहार परिवर्तनका लागि सञ्चार तथा भित्ते लेखन, प्रेषण केन्द्र स्थापना तथा स्थानिय श्रोत व्यक्तिहरु तयार गरीने छ ।

कार्यक्रमबाट स्वास्थ्य संस्थामै प्रसूति गराउन प्रवद्र्धन गर्ने, नवजात शिशु स्याहार तथा प्रसुति पश्चात स्वास्थ्यकर्मीद्वारा शिशु र सुत्केरी आमाकोे नियमित जाँच, ०–५९ दिनको बच्चामा व्याक्टेरीयको सम्भावित गम्भीर संक्रमण तथा स्थानीय संक्रमणको व्यवस्थापन गरीने जनस्वास्थ्य प्रमूख चापागाईले बताउनुभयो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा samacharpati@gmail.com मा पठाउनुहोला ।



प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित