कोकाकोला कपको उपाधि अमरसिंह र टप्सलाई

अनुप पौडेल, समाचारपाटी, पोखरा, ९  साउन । पोखरा रंगशालामा जारी विद्यालय स्तरीय कोकाकोला कप फुटबल प्रतियोगिताको छात्र तर्फको उपाधि अमरसिंह माविले जितेको छ । सोमबार भएको फाइनल खेलमा शान्ति निकुञ्ज माविलाई ३–० ले हराउदै उपाधि हात पारेको हो । प्रतियोगीता अबधिभर ६ खेलमा १३ गोल गरेका अमरसिंह माविका नविन थापालाई म्यान अफ दि म्याच घोषणा गरीएको छ । आजको खेलमा नविनले ३ गोल गर्दै ह्याट्रिक गरी अमरसिंहलाई विजयी गराएका हुन ।

प्रतियोगीता अन्तर्गत छात्रातर्फको खेलमा टप्स माविले ताराकुञ्ज माविलाई १–० ले गोल अन्तरले पराजित गरेको छ । प्रतियोगीतामा प्रथम र द्धितिय हुने टोलीहरुले कप, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन । त्यस्तै विजेता टोलीहरुले भदौ ११ गते पोखरामा हुने क्षेत्रिय छनौट प्रतियोगीतामा सहभागीता जनाउन पाउने भएका छन ।

कास्की जिल्ला फुटबल संघको आयोजनामा भएको खेल अषाढ २७ गतेदेखी जारी रहेको थियो । प्रतियोगीतामा कास्कीका ६३ विद्यालय छात्रका ६३ तथा ६ छात्राको समुहले सहभागीता जनाएका थिए ।

यस्ता प्रकारका प्रतियोगीताहरुले विद्यार्थीको खेल विकासमा महत्वपुर्ण योगदान गर्ने खेल अधिकारीहरुले विश्वास गरेका छन् ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top