पोखरा वडा नं. ५ मा महिला सशक्तिकरणका कार्यक्रम

पोखरा, २ जेठ । पोखरा महानगरपालिका वडा नं. ५ आ.व.२०७५/०७६ अन्तर्गत महिला बालबालिका सशक्तिकरणका विविध कार्यक्रम सम्पन्न भएका छन् । धारापानी आमा समूह समेत ५ वटा आमा समूहको आयोजनामा प्राङ्गारिक मल उत्पादन (३ दिने) तालिम सम्पन्न भएको छ ।

गण्डकी प्रदेश कृषि मन्त्री लेख बहादुर थापा मगरबाट उद्घाटन गर्नुभएको सो कार्यक्रममा मन्त्री मगरले सडेर फोहोरको रुपमा जाने वस्तुलाई मलको रुपमा विकास गर्दा कौशी खेती र स्वरोजगारमा बृद्धि हुने बताउनुभयो । त्यसैगरी प्रस्र्याङ रातामाटा महिला समूहद्वारा बालबालिकाहरुको लागि २ दिने हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएके छ ।

वडा नं. ५ का अध्यक्ष धन बहादुर नेपालीले बालबालिकालाई पढ्ने र राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रको बारेमा ज्ञान दिन यस्ता कार्यक्रम परिणामदायी हुने बताए । बाराही महिला समूहले २४ जना दिदी बहिनीहरुबीच उद्घोषण कला बारे ४ दिने तालिम सम्पन्न गरेको छ ।

कार्यक्रममा वडा सदस्यहरु पुष्पराज बराल, हरिमाया विक, उज्वल खत्री, अन्जु केसीले कार्यक्रमको प्रभाव बारे बोलेका थिए ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top