अनेरास्ववियु कास्कीको सहयोग : तगामको स्कुलका पढ्ने बिद्यार्थीलाई ड्रेस र शैक्षिक सामाग्री

पोखरा, २ जेठ । अनेरास्ववियु कास्कीले ५४ औं विद्यार्थी दिवस र २६ औं मदन आश्रित दिवस मनाएको छ । कास्की अन्नपूर्ण गाउँपालिका ७ तमागमा रहेको लक्ष्मी आधारभुत बिधालयमा विद्यार्थीलाई स्कुल ड्रेस सहित एक बर्षलाई पुग्ने स्टेशनरी सामग्री बितरण गरेको छ ।

उक्त स्कुलमा जम्मा २० जना विद्यार्थी अध्ययनरत छन । जङ्गलको बिचमा रहेको उक्त स्कुलमा टिनको छाप्रामा पढेर विद्यार्थीले आफ्नो भबिष्य खोजिरहेका छन । कार्यक्रममा अनेरास्ववियु कास्कीका अध्यक्ष शेखर गौतमले विद्यार्थीलाई ड्रेस दिएर उद्घाटन गरेका थिए ।

सो अवसरमा गौतमले मन्तब्य राख्दै गौतमले बिकट ठाँउमा सरकारको उपस्थिति नहुनु दुखद रहेको बताए । सरकार नपुगेको ठाउमा अनेरास्ववियु पुगेको भन्दै भबिस्यको देशको नक्सा कोर्ने कर्णधार यस्तै स्कुलमा अध्ययन गरिरहेको तर राष्ट्रले चिन्न नसक्नु र पर्याप्त मात्रामा सुबिधा दिन नसक्नु दु:खद रहेको गौतमको भनाई रहेको छ । सार्बजनिक शिक्षामा राज्यले यथेष्ट लगानी गर्नु पर्नेमा जोड दिएको अर्का विद्यार्थी नेता रमेश भन्डारीले बताऊनुभयो ।

बिध्यालकी प्रधानध्यापक बसन्ती देबकोटाले बिधालयको अबस्थाको बारेमा जानकारी दिदै गुणस्तरीय शिक्षाको बिकाशको लागी सबैले सोच्नुपर्ने बताउनुभयो । देबकोटाले सहयोगीहरुले दिएको सामाग्रीले बिद्यार्थीले पढिरहेका र बाटोमा हिड्ने स्वदेशी बिदेशी पर्यटकले दिएको चन्दाले विद्यार्थीलाई खाजा, शिक्षकलाई तलब दिएको बताउनुभयो ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top