पानी जहाज दुर्घटनामा परी ज्यान गुमाएका शिव भुर्तेलको सम्झनामा बन्यो यस्तो गीत ( भिडियो सहित)

दिपिका जेनी, पोखरा, १ जेठ । दिनहुँ हजारौँको संख्यामा बैदेशीक रोजगारमा प्रदेशीने प्रदेशीको घरमा जहान छोराछोरीको अवस्था के होला ? के नेपालबाट बिदेश गएकाहरु सबैले सुख पाएका छन् त ? के प्रदेश गएपछि छोराछोरीको भविश्य सुनिश्चित गर्न सकिन्छ त ? मनमा यस्तै प्रश्न उब्जिएको थियो । बोल माया गीत हेरेपछि मन रोएको थियो । आज फेरी एक पटक “आउँदैनन् बा फर्की” यो गीतले नेपाली यथार्थता बोलेको आभाष भयो ।

पुरै गीत हेर्नुहोस ।https://youtu.be/PlZWNVT0igI सम्बर बहादुर गायकको सत्य घटनामा आधारित गीत “आउँदैनन् बा फर्की” यसै साता मात्र डिजिटल बजारमा सार्वजनिक भएको छ । सम्बर बहादुर गायकको शब्द, लय र स्वर रहेको गीतमा शान्ता बर्देवा र रोशनी बि.क.ले आवाजमा साथ दिएका छन् भने साहिल गायकले संगीत संयोजन गरेका छन् ।  सुरेश भुर्तेल, रशिला कार्की, दिपा नेपाली, निकिता गायक, निकेश गायक लगाएतको अभिनय रहेको गीतको निर्देशन, छायंकन तथा सम्पादन शिव भुर्तेलले गरेका हुन ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top