गोरखामा सवारी दुर्घटना

गोरखा, १ जेठ । मिति २०७६/०२/०१ गते गण्डकी गाउँपालिका-५ रानीश्वाराँ स्थित भित्री कच्ची सडक खण्डमा ताङ्लीचोकबाट भुम्लीचोक तर्फ जाँदै गरेको बा २० च ५४५० नं।को बोलेरो जिप घुम्तीमा टर्निङ नपुगि ब्याक गर्न खोज्दा बाटो देखी अन्दाजी ४५ मिटर तल खस्दा जिपमा सवार ७ जना मध्य एक जना ( चालक ) गोरखाको शहिदलखन गाउँपालिकाका अन्दाजी वर्ष २२ को मिलन श्रेष्ठ घाईते भई उपचारको लागि काठमाण्डौ पठाईएको र अन्य ०६ जना सामन्य घाईते भई उपचारको लागि अस्पताल पठाईएको छ । घटनाका विषयमा थप अनुसन्धान भईरहेको छ ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top