नवलपरासीमा सवारी दुर्घटना तिन जना घाइते

नवलपरासी, १ जेठ ।  मिति २०७६/०२/०१ गते कावासोती नगरपालिका-८ सभापती चोक स्थित पूर्व पश्चिम राजमार्गमा पूर्व बाट पश्चिम तर्फ जाँदै गरेको ना. ३० प ७७५१ नं.को स्कुटी र बिपरित दिशाबाट आएको ना ३१ प ११३१ नं.को मोटरसाईकल एक आपसमा ठक्कर खाँदा तिन जना घाईते भएका छन् । घआईते हुनेमा मोटरसाईकल चालक कावासोती नगरपालिका १७ अमलटाडी बस्ने वर्ष ४६को सागर ढुंगाना, पछाडी सवार वर्ष ५२ को भेषराज शर्मा र स्कुटी चालक कावासोती नगरपालिका १३ बस्ने वर्ष २३को सागर श्रेष्ठ रहेका छन् । घाईते सबैलाई उपचारको लागि भरतपुर पठाईएको छ । घटनाका विषयमा थप अनुसन्धान भैरहेको छ ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top