‘हुने खानेको होइन हुदाखानेको केन्द्र हो’ ‘शिशुविकास स्याहार’: वडा अध्यक्ष पहारी

पोखरा,  १ जेष्ठ । पोखरा महानगरपालिका वडा नं ६ का वडा अध्यक्ष जगत बहादुर पहारीले शिुशु बिकास तथा स्याहार केन्द्र हुने खानेको भन्दानि हुदाखानेको भएको हुदा केन्द्रको स्तर उन्नतिको लागि सबै लाग्नु पर्ने बताएका छन । पोखरा महानगरपालिका वडा न ६ रहेको शिशु विकास तथा स्याहार केन्द्रले आयोजना गरेको बालबालिको निशुल्क स्वास्थ्य परिक्षण तथाऔषधिवितरण एवं बालबालिका लक्षीत जनचेतनाको उद्घाटन गर्दै उक्त कुरा बताएका हुन ।

सेवा केन्द्र भनेको कमजोर आर्थिक अवस्थाकमजोर भएका अभिभावकको छोराछोरीहरुलाई रेखदेख गर्दै आएको अवगत गरादै यसको संरक्षणमा जुट्न सवैलाई आग्रह गरेका छन । केन्द्रको स्तरउन्नति र विकासको लागिआफु महानगर पालिका सगँ छलफल गर्दै आएको समेत बताए । स्थानिय  ब्यक्तिहरु को चन्दा र सहयोग बाट स्याहार केन्द्र संञ्चाल नहुदै आएको कुरामा जोड दिदै केन्द्र संरक्षणका लागि महानगर सगँ बजेट विनियोजन गर्ने आफुले पहलगर्दै आएको बताए । कार्यक्रममा प्रमुखअतिथि पर्यटन ब्यवसायीतथा बटरपफ्लाई फाउन्डेसनकाअध्यय गोविन्द्रराज पहारीले स्यहार केन्द्रको प्रशंसा गर्दै पर्यटकीय क्षेत्र लेकसाइडमा मजदुरहरुको बसोबास बढी भएको उनको बालबच्चाहरुलाई रेखदेख गरेको भन्दै खुशिब्यक्त गरे । संस्थाले समाजमा रहेकाआर्थिक अवस्था कमजोर भएका अभिभावकका बालबच्चाहरुलाई पहिचा नगरि सेवागर्ने आयोजकलाई आग्रह गरे ।

बालबालिका लक्षित सचेतना कार्यक्रममा युथ एक्टीभ नेपाली सदस्य स्मृति बरालले कार्यपत्र प्रस्तुतगर्दै अचेलका युवा र बालबालिकालाई आधुनिक संचारका माध्यम ल्यापटप र मोवाइले निम्ताएको दुरुपयोगले युवा तथा बालबालिकालाई हत्या र आत्महत्या जस्तो बाटो रोज्ने गरेको बताइन । उनले यस्ता गलत बाटो तर्फ लागेका युवाहरुलाई राष्ट, समाज र परिवारले बेलैमा पहिचान गरि परामर्श सहित समाधानतर्फ लाग्नु पर्नेमाजोड दिएकी थिइन । अध्यक्ष अनिल थापाले यस्ता किसिमका कार्यक्रमले युवा बालबालिकालाई नकरात्मक बाटो छोडेर सकरात्मक बाटोमा हिडन प्रैरित गर्ने बताए । केन्द्रले आफ्नै प्राङगणमा गरेको स्वास्थ्य परिक्षणमा ५३ जना बालबालीकाहरुको स्वास्थ्य परिक्षण सहितनिशुल्कऔषधि वितरण गरिएको स्वास्थ्य संयोजक तथा हेल्थ कोडिनेटर धर्मराज थापाले जानकारी गराएका छन ।

उपाध्यक्ष विष्णु के.सीले स्वागत मनतब्य राखेको कार्यक्रममा सचिब मिना ढकाल, सदस्य विनीत बराल,नागरिक समाजका अध्यक्ष बिष्णु हरी अधिकारी, नगरबालबालिका अध्यक्ष मंगलबहादुर नेपाली, रेडक्रस उपसाखाका अध्यक्ष गिरिराज अधिकारी, सल्लाहकार गणेशबहादुर ढकाल र वडा सदस्य विष्णु बहादुर भट्टराई लगाएतका बक्ताले बालबालिकको संरक्षंणका लागि गरेको कामको प्रशंसा गर्दै आफ्नाभनाई राखेकाथिए ।

गणेशपहारी

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top