स्वतन्त्र पत्रकार संघ अध्यक्षमा मसाल

पोखरा, १  जेठ । स्वतन्त्र पत्रकार संघ नेपालको तेश्रो राष्ट्रिय महाधिवेशनले के.बी. मसाल (दाङ) को अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । समितिको वरिष्ठ उपाध्यक्षमा के.बी. सम्राट (काठमाडौं) उपाध्यक्षमा राजेन्द्रजंग रायमाझी (रुपन्देही) महिला उपाध्यक्षमा अम्बिका पाण्डे (पाल्पा), महासचिवद्वय जीवलाल सुवेदी (पाल्पा), अन्जनराज न्यौपाने (तनहुँ), उपमहासचिवद्वय नवराज सिलवाल (धादिङ), छविलाल सुनार (बाँके), कोषाध्यक्षमा शालिग्राम पाण्डे (सुनसरी) र सहकोषाध्यक्षमा लक्ष्मी श्रेष्ठ (ललितपुर) निर्वाचित भए।

यसैगरी सदस्यमा महाप्रसाद खतिवडा (मोरङ), मोहनप्रसाद ढकाल (सुनसरी), महानन्द सापकोटा (मोरङ), देवनारायण शाह (मोरङ), नरेन्द्र ढकाल (झापा), प्रेम गिरी (सुनसरी), सीता दर्नाल (रुपन्देही), अमृता घिमिरे असिम (लमजुङ), र उर्गिन नुम्डोल लामा (मुगु), रहेका छन्। निर्वाचन समितिका संयोजक विजय खतिवडाले नवनिर्वाचित कार्यसमितिका पदाधिकारीलाई शपथ ग्रहण गराएका थिए। यसैगरी संघका निवर्तमान अध्यक्ष कृष्णप्रसाद बास्तोलाले बधाई ज्ञापन गरेका थिए।

संघको मोरङ शाखा (विराटनगर) का अध्यक्ष अग्रज पत्रकार विजय खतिवडाको संयोजकत्वमा काठमाडौं शाखा अध्यक्ष महेशजंग कुँवर र रुपन्देही शाखा अध्यक्ष अनिल पहाडी सदस्य रहेको निर्वाचन समितिले निर्वाचन सम्पन्न गराएको थियो। तनहुँ बन्दीपुरमा भएको संघको महाधिवेशन उद्घाटन तनहुँ क्षेत्र नं. १ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद कृष्णकुमार श्रेष्ठ किसानले गरेका थिए । संघका राष्ट्रिय अध्यक्ष कृष्णप्रसाद बास्तोलाको अध्यक्षतामा कार्यक्रम भएको हो ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top