“कविता” “संस्कृति मास्नेहरु”

स्याङ्गजा, १ जेठ ।

अतिक्रमण हुदा परम्परामा बोल्दैन किन कोही
थोरै जनाको मात्र प्रयासले के गर्न सकौंला खै
भाले हुन्  कि पोथी छुट्याउन गाह्रो भाले झै बास्नेहरु
सिङ्गो देश नै मास्छन् कि डर भयो संस्कृति मास्नेहरु

बिरोध गर्दैछन् चाड र पर्वको आस्था विश्वास भरी
फैलिदैछ बिदेशी संस्कृति यहा सरुवा रोग सरी
के नाम दिउ अरुको पीडा देखी रमाइ हास्नेहरु
सिङ्गो देश नै मास्छन् कि डर भयो संस्कृति मास्नेहरु

अङ्ग्रेजी पढेर बेद पुराणका विद्वान बन्नेहरु
सक्नु पर्छ पाँच वा सात् दिनमा किरिया भन्नेहरू
कर्म असल गर्नु छ धर्तीमा यो छैन् आश स्वर्ग तरुँ
सिङ्गो देश नै मास्छन् कि डर भयो संस्कृति मास्नेहरु

महिना दिन् अघि होटलमा खाने कसरी भयो दर
हिन्दी गित घन्किन्छ त्यो तिहारमा देउसी भैलो पर
चाड र पर्व घेर्ने बिकृति रोक्न उपाय म के गरुँ
सिङ्गो देश नै मास्छन् कि डर भयो संस्कृति मास्नेहरु

सोध्छ छोरो के हुन्छ जनै लगाई मेरो मुखमा हेरी
मरे पछि किन गर्नु श्राद्ध बाबा भन्दछ उस्ले फेरि
प्रत्येक पर्वमा बिदेशी फूलका ती थुङ्गा गास्नेहरु
सिङ्गो देश नै मास्छन् कि डर भयो संस्कृति मास्नेहरु

किन गर्नु पर्यो ब्रतबन्ध त्यो त खर्च न्वारान गरि
रुढीबादी परम्परा हो यो हाम्रो भन्दछे मेरी छोरी
लत्याई आफ्नो संस्कृति अर्काको त्यो छातीमा टास्नेहरु
सिङ्गो देश नै मास्छन् कि डर भयो संस्कृति मास्नेहरु

देखाउन सकौ एकता हाम्रो त बिबिधतामा पनि
सक्छौ फैलाउन परम्परा आफ्ना संस्कृतिहरु भनी
हराए भेष भूषा जातीय यहाँ मौलिक भाषाहरु
सिङ्गो देश नै मास्छन् कि डर भयो संस्कृति मास्नेहरु

खड्का महेन्द्र कुमार
फेदिखोला २ स्याङ्जा
हाल खजुर फेदबाट

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top