बागलुङको रिघामा चट्याङ लागेर एक जनाको मृत्यु

अर्जुन कार्की, बागलुङ, १ जेठ । बागलुङको गल्कोट नगरपालिका–११ रिघामा मंगलबार चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ ।

रिघाको तुतुङ्गाम छिचिम्रामा चट्याङ पर्दा घरको नजिकै घाँस काटिरहेकी ३८ वर्षिय पूर्णा श्रीसको मृत्यु भएको वडाअध्यक्ष डम्बर श्रीसले बताउनुभयो ।

चट्याङ लागेर घाईते भएकी श्रीसको शव पोष्टमाटमको लागि हरिचौर लगिएको छ । रिघामा गतवर्षपनि चट्याङ परेर पशुचौपायाहरु मरेको वडाअध्यक्ष श्रीसले जानकारी दिनुभयो ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top