प्रजनन स्वास्थ्य सम्बन्धी अभिमुखिकरण तथा सेनेटरी प्याड वितरण कार्यक्रम

पोखरा, ३१ बैशाख। सिद्धार्थ क्लब पोखराले रुपा गाउँपालिका–६ स्थित रुपा ज्योति माध्यामिक विद्यालयमा प्रजनन स्वास्थ्य सम्बन्धी अभिमुखिकरण तथा सेनेटरी प्याड वितरण कार्यक्रम क्लबका अध्यक्ष विनोद प्रसाद श्रेष्ठको सभाध्यक्षतामा सम्पन्न गरेको छ ।
कार्यक्रममा सभाध्यक्ष विनोद प्रसाद श्रेष्ठले मन्तव्य राख्दै विद्यालय समयमा महिनावरीका कारण किशोरीहरुको पठन पाठननै अवरुद्ध हुने समस्यालाई न्यूनिकरण गर्नुका साथै किशोरीहरुमा प्रजनन स्वास्थ सम्बन्धी सचेत रहन कार्यक्रमले सहयोग पुगेको विश्वास व्यक्त गर्नुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देगेन्द्र कुमार गुरुङ्ग र प्रद्यानाध्यापक मनिराम कडेलले रुपा गाउँपालिकाकै कुनेटोमा पर्ने विद्यालयलाई लक्षित गरि गरिएको कार्यक्रमका साथ क्लबका गतिविधिहरुको प्रशंशा गर्दै विद्यालयले पनि विद्यार्थीको स्वास्थ्य महत्वपूर्ण रहेको भनाइ राख्दै प्राप्त सहयोगको सदुपयोगका साथै आवश्यक्ता अनुसार सेवा व्यवस्थापन गर्ने मनसाय राख्नुभयो । त्यैगरि कार्यक्रम सहजकर्ता सामना कडेलले किशोरीहरु प्रजनन स्वास्थ्य बारे सचेत र खुलस्त रहनुपर्ने भनाई राख्दै कार्यक्रमले प्रजनन स्वास्थ्य बारे जानकारी प्राप्त गर्न सहयोग भयो भन्ने विश्वास व्यक्त गर्नुभयो ।

विद्यालयकी छात्रा मलिना राना मगरले कार्यक्रमबाट प्रजनन स्वास्थ र सनेटरी प्याड प्रयोग सम्बन्धी थप जानकारी हासिल गरेको जानकारी गराउँदै प्रजनन स्वास्थ्य सम्बन्धी आफु पनि सचेत रहने र अरुलाई पनि आफुले जानेअनुसार सचेत गराउने भनाइ राख्नुभयो ।
चरक ऐकेडेमीका साधना सापकोटा, मुना भण्डारी र सामना कडेंलले प्रजनन स्वास्थ्य सम्बन्धी सहजिकरण गर्नुभएको कार्यक्रम संचालन सचिव प्रमोद नारायण श्रेष्ठले गर्नुभएको थियो भने कार्यक्रममा स्वागत मन्तव्य दितिया उपाध्यक्ष तिर्थ श्रेष्ठले र कार्यक्रम माथि प्रकाश निवर्तमान अध्यक्ष रवि मर्सानीले पार्नुभएको थियो । कर्यक्रममा विध्यालयलाई १५० थान सेफटी प्याड वितरण गरिएको थियो ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top