फेदीखोला गाउँपालिकामा बृहत निशुल्क स्वास्थ्य शिविर सम्पन्न

आफ्नै वडामा स्वास्थ्य परिक्षण गर्न पाउँदा दंग छन् गाउँपालिकावासी

फेदीखोला, ३१ वैशाख । फेदीखोला गाउँपालिका स्याङ्जाले आफ्नो बार्षिक कार्यक्रम अनुसार ४ वटा वडामा विषेशज्ञ सहितको वृहत निशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । ४ दिनसम्म चलेको उक्तशिविरबाट ज्येष्ठ नागरिक, बालबालिका सहित १ हजार २ सय ज्येष्ठ नागरिक लाभान्वित भएका छन् । नाक, कान, घाँटी, छाती, हाडजोर्नी लगायत स्वास्थ्य परिक्षण गरि निशुल्कऔषधी पनि प्रदान गरिएको थियो भने जटिल रोगको उपचारको लागि आवश्यक परामर्श प्रदान गरिएको थियो ।

स्त्री रोग विशेषज्ञ डाक्टर नारायण ओझा, डा. शंकर रावत, डा.सरिता गुरुङ, हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा. दिनेश वि.क., मेडिकल अफिसर डा. प्रतिक गैर्हे, डा. उत्तम लामिछाने तथा डा. नारायण गोदार लगायत विशेषज्ञको टोलीले सहभागीहरुको स्वास्थ्य परिक्षण गरेका थिए । गाउँपालिकाले प्रत्येक महिना हरेक घर घरमा गएर स्वास्थ्य परिक्षण पनिगर्दै आएको छ । शिविरको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले स्वास्थ्य क्षेत्रलाई गाउँपालिकाले पहिलो प्राथमिकतामा राखेको बताए । स्वास्थ्य नै अमुल्य धन भएकाले निरोगीजनशक्तिबाट नै विकासको गतिविधीले थप क्रियाशिलता पाउने बताए । वैदेशिक रोजगार र युवा पलायनका कारण एक्लिन पुगेका वृद्धवृद्धालाई प्रत्येक महिना घर घरमा गई स्वास्थ्यपरिक्षण गर्दै आएको उनले जानकारी दिए ।

शिविरमा बोल्दै चिकित्सक नारायण ओझाले यस्तो कार्यक्रम अरु स्थानीय निकायले पनि गर्नुपर्नेमा जोड दिए । आफ्नै वडामा वृहतस्वास्थ्य शिविर हुँदा तथा स्वास्थ्य परिक्षण गर्न पाउँदा प्रफुल्ल भएको वडावासी ९फेदीखोला गाउँपालिका वार्ड नं २ बडाचौर बस्ने ८४ बर्षिय साबित्री पोखरेल० ले बताउनु भयो  । फेदीखोला गाउंपालीकाले संञ्चालन गरेको विषेशज्ञ सहितको वृहत निशुल्क स्वास्थ्य शिविरकार्यक्रम स्याङजामा मात्र नभई देशकै नमुना बन्न सक्ने शिविरमा सहभागीहरुको भनाई रहेको थियो । ५ ओटा वडा रहेको यस गाउंपालिकामा १ हजार ७ सय ११ जना ६० बर्ष नाघेकाआमा बुवाले प्रत्येक महिनाको २६ गतेदेखी ३० गतेसम्म आफ्नै घर घरमा सेवा पाएका छन् ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top