बागलुङ र म्याग्दीमा सवारी दुर्घटना

बाग्लुंग, ३१ वैशाख। मिति २०७६/०१/३० गते जैमिनि नगरपालिका-८ चिल्लारा स्थित छिस्ति देखि बरेङ जाने भित्री कच्चि सडक खण्डमा बाटो खन्ने क्रममा अचानक माटोको ढिस्को खसी ना.१ क.६७४३ नं को स्काभेटर पुरिदा चालक जिल्ला मकवानपुर भिमफेदि गाउँपालिका-१ बस्ने वर्ष ३८ को ज्ञानु चितुङ लामा घाईते भई उपचारको लागि अस्पताल पठाईएको छ । घटनाका विषयमा थप अनुसन्धान भईरहेको छ ।

मिति २०७६/०१/३० गते अन्नपुर्ण गाउँपालिका-०६ दुरबिन डाँडा स्थित पोखरे बगर चित्रे कच्चि सडक खण्डमा शिखघाराबाट बेनी सदरमुकाम तर्फ आउदै गरेको ग१च ८८२८ नम्बरको बोलेरो जीपको अचानक अनियन्त्रीत भई सडक देखि अन्दाजी २५ मिटर तल खस्न गई दुर्घटना हुँदा सोहि जीपमा सवार ५ जना मध्य ४ जना घाईते भई उपचारको लागि जिल्ला अस्पताल म्याग्दी पठाईएको छ । घटनाका विषयमा थप अनुसन्धान भईरहेको छ ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top