तनहुँमा सवारी दुर्घटना,मृत अवस्थामा शब फेला

Dead body in a mortuary

तनहुँ, ३१ वैशाख। मिति २०७६/०१/३० गते म्याग्दे गाउँपालिका६ स्थित पृथ्वी राजमार्गमा काठमाडौँबाट पोखरा तर्फ आउँदै गरेको लु१ख ९७९७ नं.को ट्रकले सोही स्थान बस्ने वर्ष ६३ की मिनामाया श्रेष्ठ लाई ठक्कर दिँदा घाईते भई उपचारको लागि जि.पि कोईराला श्वास प्रश्वास केन्द्र बेलचौतारा पठाईएको छ । ट्रक र ट्रक चालकलाई नियन्त्रणमा लिई घटनाका विषयमा थप अनुसन्धान भईरहेको छ ।

मिति २०७६/०१/३० गते शक्लागण्डकि नगरपालिका -१० लोकटेटारमा सोही स्थान बस्ने वर्ष ४५ को टेक बहादुर कुमाल आफ्नै घरको आगनमा मृत अवस्थामा रहेको भन्ने खबर प्राप्त हुनासाथ तत्कालै प्रहरी टोली खटिई घटनाका विषयमा थप अनुसन्धान भईरहेको छ ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top