मिडिया माथि प्रतिबन्ध लगाउने गरी सरकारले बिधयेक ल्याएको भन्दै कांग्रेसको निन्दा

File Photo

काठमाण्डौ, २९ वैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले मिडिया माथिको प्रतिबन्ध लगाउने गरी सरकारले बिधयेक ल्याइएको भन्दै निन्दा गरेको छ । संविधानमा नै प्रेसले पाएको अधिकारको विरुद्ध हुनेगरी सरकारले ल्याएको विधेयक गैरसंवैधानिक समेत रहेको भन्दै पार्टीले यसको विरोध गरेको हो ।

आइतबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दे कांग्रेसले मिडिया माथिको प्रतिबन्ध लगाउने गरी ल्याईएको बिधयेकलाई अघि बढाउन खोजे यस विरुद्ध काँग्रेस संसदमा सशक्त रुपमा प्रस्तुत हुने चेतावनी पनि दिएको छ । पत्रकार सम्मेलनमा कांग्रेस सभापति शेर वहादुर देउवाले संसदमा सरकारले दर्ता गराएको’’ मिडिया काउन्सिल सम्बन्धी कानून संशोधन र एकीकरण गर्न बनेको विधेयक’’ ले प्रेसमाथि अंकुश लगाउने बताउनुभयो । उहाले उक्त विधेयक हु–बहु पारित भए त्यो प्रेस स्वतन्त्रताका लागि ‘कू’ हुने बताउनुभयो ।

देउवाले संविधानमा नै पूर्ण प्रेस स्वतन्त्रताको उल्लेख गरिएको भएपनि संविधान विपरित सरकारले प्रेसमाथि अंकुश लगाउने गरी कानून बनाउने कोशिष गरेकोप्रति आपत्ति समेत जनाउनुभयो । लोकतन्त्रको आधारस्तम्भ मानिने प्रेसमाथि अंकुश लगाउने गरी कानून बनाउँदा लोकतन्त्र नै संकटमा पर्ने भन्दै उहाले सो विधेयक फिर्ता लिन समेत सरकारसँग माग गर्नुभयो । पत्रकार सम्मेलनमा कांग्रेस प्रवक्ता बिश्वप्रकाश शर्माले प्रेस जगतलाई नियमन गर्ने नाममा प्रेस स्वतन्त्रतालाई कुनै पनि ढंगले असर पु¥याउन नपाउने धारणा राख्नुभयो ।

उहाले सरकारद्वारा २६ बैशाखमा संसदमा दर्ता गरिएको प्रस्तुत मिडिया काउन्सिल सम्बन्धी कानून संशोधन र एकीकरण गर्न बनेको विधेयक नेपालको संविधानको प्रस्तावनाकै शव्द, भावना र मर्मंको प्रतिकुल रहेको जिकिर गर्नुभयो । पत्रकार सम्मेलनमा कागं्रेस प्रमुख सचेतक बालकृष्ण खाँणले गैरसंवैधानिक रुपमा ल्याइएको यो विधेयक संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रता विरुद्ध रहेको भन्दै यो विधेयक संसदबाट पारित हुनै नसक्ने स्पष्ट पार्नुभयो ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top