मुस्ताङमा विदेशी नागरिकको मृत्यु

मुस्ताङ, २७ वैशाख । मिति २०७६/०१/२६ गते लो-घेकर दामोदरकुण्ड गाउँपालिका-४ स्थित सारेबुङ भन्ने स्थानमा भ्रमणको लागि आएका अन्दाजी वर्ष ६८ को इटालियन नागरिक MARCO ROCCUFRANCUFCO MORELIO (पुरुष) बिरामी भएको भन्ने खबर प्राप्त भए पश्चात समिट एयरको हेलीकप्टर उद्धारको लागि आएकोमा खराब मौसमको कारण जिल्लाको लो(घेकर दामोदरकुण्ड जान आज मिति २०७६/०१/२७ गते बिहान ०७:४५ बजेको समयमा उक्त स्थानमा पुग्दा निजको मृत्यु भईसकेकोले मृत शव सोही हलिकप्टर द्धारा जोमसोम एयरपोर्ट ल्याईएको छ । प्रहरी टोलीले घटनाको विषयमा थप अनुसन्धान गरिरहेको छ ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top