अनुष्का श्रेष्ठ बनिन् ‘मिस नेपाल २०१९’

अनुष्का श्रेष्ठ ‘मिस नेपाल वर्ल्ड २०१९’ बन्न सफल भएकी छन्। प्रतियोगिताको प्रतिस्पर्धीहरूलाई पछि पार्दै उनी मिस नेपाल बन्न सफल भएकी हुन्। उनलाई ‘मिस नेपाल वर्ल्ड २०१८’की शृङ्खला खतिवडाले ताज पहिराएकी हुन् ।

कार्यक्रमकी मुख्य निर्णायक ईला शर्माले ‘हामीले अधिकारभन्दा कर्तव्यलाई बढी ध्यान दिएर काम गर्‍यौं भने यो संसार/समाज उत्कृष्ट बनाउन सकिन्थ्यो? तपाईंको के राय छ?भन्ने प्रश्नको उत्कृष्ट जवाफ दिँदै अनुष्काले उपाधि हात पार्न सफल भएकी हुन्।

यससँगै उनले यमाहा मिस फेसिनो उपाधि पनि हासिल गर्न सफल भएकी छन्। यस्तै ‘मिस नेपाल युनिभर्स’को उपाधि प्रदिप्ता अधिकारीले जितेकी छिन्।मिस नेपाल सुपर नेशनलको उपाधि रोज लामाले पाएकी छिन् भने ‘मिस नेपाल इन्टरनेसनल’को उपाधि मीरा कक्षपतिले हात पारिन्। मिस नेपाल अर्थको उपाधि भने रिया बस्‍नेतले जितिन्।

पपुलर च्वाइस : रिया बस्नेत
मिस ट्यालेन्ट : प्रदिप्ता अधिकारी
यमाहा मिस फ्यासिनो :अनुष्का श्रेष्ठ
ब्युटी विथ द पर्पोज : नितिका कर्माचार्य
मिस बेस्ट एथलेट्स : प्रदिप्ता अधिकारी
मिस कन्फिडेन्ट : निशा पाठक

#Photo:setopati

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top