तनहुँमा १ थान पेस्तोल र लागूऔषध सहित ४ जना पक्राउ

तनहुँ, २५ वैशाख ।  मिति २०७६/०१/२५ गते तनहुँ शुक्लागण्डकि नगरपालिका -२ नर्सरी स्थित कालिका मन्दिर नजिकै गाँजा सेवन गरिरहेको अवस्थामा सोही ठाउँ बस्ने २२ वर्षिय बिपिन पुन, २३ वर्षिय संजिव कुवँर, २६ वर्षिय केशव आचार्य र १९ वर्षिय शुसिल गुरुङलाई जिल्ला प्रहरी कार्यालय तनहुँबाट गस्तिमा खटिएको प्रहरी टोलिले प्रक्राउ गरी चेक जाँच गर्ने क्रममा निजहरुको साथबाट १ थान कटुवा पेस्तोल र सय ग्राम गाँजा समेत  बरामद गरेको छ । घटनाको विषयमा थप अनुसन्धान भईरहेको छ । 



तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top