पोखरा १५ मा भएको वडा अध्यक्ष कपको उपाधि श्री १५ लाई

पोखरा, २५ बैशाख । पोखराको वडा नं १५ ले आयोजना गरेको वडा अध्यक्ष कप सेभेन ए साईड फूटबल प्रतियोगिताको उपाधि श्री १५ यूथ क्लबले जितेको छ । वडामा रहेका करिब २५ समूहबीच भएको प्रतिष्पर्धामा प्रतिभा यूथ क्लब र श्री १५ फाईनलमा पुगेका थिए । सोमबार भएको फाईनल खेलमा प्रतिभालाई टाई ब्रेकरको शिकार बनाउँदै श्री १५ले उपाधि उचालेको हो । यसअघि भएको खेल १÷१ गोलको बराबरी भएपछि निर्णय टाई ब्रेकरबाट लिइएको हो ।

उपाधि संगै श्री १५ ले टिडिएस सहित २५ हजार नगद पुरस्कार, कप, मेडल र प्रमाणपत्र प्राप्त गर्यो । उपविजेता बनेको प्रतिभाले टिडिएस सहित १८ हजार नगद पुरस्कार, कप, मेडल र प्रमाणपत्र प्राप्त गर्यो । प्रतियोगितामा विजयी टिमका खेलाडीहरुलाई प्रमुख अतिथि एवं राष्ट्रिय खेलकूद परिषदका सदस्य राजेश गुरुङले पुरस्कार वितरण गरेका थिए ।

वडा अध्यक्ष प्रकाश पौडेलको अध्यक्षतामा भएको उक्त कार्यक्रममा वडा सदस्य तोरण बानिया र प्रतियोगिता संयोजक नारायण पौडेले पनि बोलेका थिए । सो अवसरमा खेलकूद प्रतियोगिता सम्पन्न गर्न सहयोग गर्ने वडा नं १५ का टोल विकास संस्थाहरु, रेम्बो एकेडेमिक होम्स, नेपाल रेडक्रस सोसाईटी वडा नं १५ शाखा लगायतलाई वडा अध्यक्षले धन्यवाद ज्ञापन गरेका थिए ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top