तनहुँमा सवारी दुर्घटना १ जना घाईते,मनाङमा नदीमा हाम फाली बेपत्ता

तनहुँ, २४ वैशाख मिति २०७६/०१/२४ गते ब्यास नगरपालिका- ५ चाँपाघाट स्थित पृथ्वीराजमार्गमा दमौलीबाट चाँपाघाट तर्फ जाँदै गरेको ग १३ प ६९३३ नम्बरको स्कुटरले पैदल यात्री सोही ठाउँ बस्ने वर्ष ७१ को केशबराज न्यौपाने लाई ठक्कर दिंदा घाईते भई उपचारको लागि रत्नहरी अस्पताल दमौली पठाईएको छ । उक्त स्थानमा प्रहरी टोली खटिई स्कुटर र चालकलाई नियन्त्रणमा लिई घटनाको विषयमा थप अनुसन्धान भईरहेको छ ।

मनाङ नदीमा हाम फाली बेपत्ता
मिति २०७६।०१।२३ गते नाशो गाउँपालिका-३ घर भई हाल चामे गाउँपालिका(३ नयाँबजार बस्ने वर्ष १९ को रोशन गुरुङ सोही ठाउँको मर्स्याङदी नदिमा हाम फालेको भन्ने जानकारी प्राप्त हुनासाथ उक्त स्थानमा तत्कालै प्रहरी टोली खटिई घटनाको विषयमा थप अनुसन्धान भईरहेको छ ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top