हिमालय मा.वि.को ५९ औँ वार्षिकोत्वस तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न

पोखरा, २१ बैशाख । लमजुङको क्व्होलासोथार गाउँपालिका वडा नं. ५ सिङ्दीमा अवस्थित हिमालय माध्यामिक विद्यालयले ५९ औँ वार्षिकोत्वस तथा पुरस्कार वितरण समारोह लमजुङ्, सिङ्दीमा सम्पन्न भएको छ ।

विद्यालयको ५९ औँ वार्षिकोत्सवका प्रमुख अतिथि तथा क्व्होलासोथार गाउँपालिका अध्यक्ष श्री प्रेम बहादुर घलेले आउँने आर्थिक वर्षमा विद्यालयमा थप शिक्षकका लागि २ वटा दरबन्द्धी उपलब्ध गराउँने प्रतिबन्द्धता व्यक्त गर्नुभयो ।

लमजुङ, क्व्होलासोथार वडा नं. ५ र ६ पसगाउँ तथा सिङ्दी का हालः युकेमा कार्यरत् चेलीबेटीहरुले गरिब तथा जेहन्दार विद्यार्थी, २०७५ को एसईई परिक्षामा उत्कृष्ट नतिजा ल्याउँने विद्यार्थीहरुलाई २८ हजार नगद छात्रबृद्धि प्रदान गर्नुभएको थियो । भने पसँगाउ ठाँटी माविमा पनि २८ हजार नगद छात्रबृद्धि प्रदान गर्नुभएको छ ।

अतिथि समाजसेवी टंकप्रसाद गुरुङले विद्यालयलाई बालमैत्री बनाउँनेपर्नेमा जोड दिनुभयो । ६ घण्टा विद्यालयमा १८ घण्टा घरमा आफ्ना अभिभावकसँग विद्यार्थीहरुले समय विताउँने भएका कारण विद्यार्थीहरुको पढाइ तथा लेखाइमा अभिभावकहरुको महत्पूर्ण जिम्मेवारी रहने बताउँदै विद्यालयको वार्षिकोत्सवमा पनि अभिभावकहरुको न्यून उपस्थितीका कारण दुःख लागेको बताउँनु भयो ।

विशेष अतिथि पाहार ट्रस्ट पोखराका अध्यक्ष चन्द्र बहादुर गुरुङ विद्यालय निर्माणमा ट्रस्ट महत्वपूर्ण भूमिका रहेको बताउँदै विद्यार्थी शैक्षिक गुणस्तर सुधारको लािग सदैव सहकार्यमा रहने बताउँनु भयो ।

सिङ्दी वडा नं. ५ का अध्यक्ष गीतबहादुर गुरुङले शिक्षाका लागि वडा उपलब्ध हुने सबै सेवा सुविधा उपलब्ध गराईने बताउँदै शिक्षाको गुणस्तरीयमा ध्यान दिन सबैलाई आग्रह गर्नुभयो ।
त्यसैगरि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हुकुम बहदुर गुरुङ विद्यालयको प्रगति विवरणका लागि आफू सधैव सजग रहेको बताउँदै शिक्षाको गुणस्तरीयता बृद्धि गराउँन आफूले निरन्तर प्रयास गर्ने बताउँनु भयो ।

विद्यालयका प्रधानाध्यपक सुभराज खनालले विद्यालयलाई सहज बनाउँन महत्वपूर्ण भूमिका खेल्ने सम्पूर्ण महानुभावहरुमा हार्दिक आभार व्यक्त गर्नुभयो । हाल विद्यालयमा २ सय ७० जना विद्यार्थीहरु अध्ययरत् छन् भने यसै वर्ष विद्यालयबाट एसईई परिक्षामा १८ जनाको सहभागिता रहेको छ ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top