तनहुँमा सवारी दुर्घटना १ जना घाईते

तनहुँ, २० वैशाख । मिति २०७६/०१/२० गते शुक्लागण्डकी नगरपालिका ७ स्याउली स्थित पृथ्वी राजमार्गमा खैरेनीबाट भिमाद तर्फ जाँदै गरेको लु४५ प ४५८ नम्बरको मोटरसाईकल र बिपरित दिशाबाट आउँदै गरेको ग१च २१०४ नम्बरको जिप एक आपसमा ठक्कर खाँदा मोटरसाईकलको पछाडी सवार सोही ठाउँ बस्ने वर्ष अन्दाजी २५ को सुदर्शन थापा घाईते भई उपचारको लागि न्.ए.कोईराला श्वासप्रश्वास उपचार केन्द्र बेलचौतारा पठाईएको छ । उक्त स्थानमा प्रहरी टोली खटिई ठक्कर दिने सवारी साधनलाई नियन्त्रणमा लिई फरार रहेका जिप चालकको खोजतलास तथा घटनाको विषयमा थप अनुसन्धान भईरहेको छ ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top