तनहुँमा सवारी दुर्घटना १ जना घाईते

तनहुँ, २० वैशाख । मिति २०७६/०१/१९ गते म्याग्दे गाँउपालिका-४ रिठेपानी स्थित पृथ्विराजमार्गमा दमौलीबाट पोखरा तर्फ जाँदै गरेको लु १ ख ८७२४ नम्बरको बस आफै अनियन्त्रित भई सडक देखी अन्दाजी ५र६ मिटर तल खेतमा खसि दुर्घटना हुँदा बस चालक सोही स्थान बस्ने वर्ष २६ को कमल तामाङ घाईते भई उपचारको लागि पोखरा पठाईएको छ । घटनास्थलमा तत्कालै प्रहरी टोलि खटिई थप अनुसन्धान भईरहेको छ ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top