बेहुली पक्ष को कुटपिट बाट जन्ती पक्षका १ जना को मृत्यु

गोरखा, १९ बैशाख । बेहुली र जन्ती पक्षबीच कुटाकुट हुँदा गोरखामा एकजनाको मृत्यु भएको छ । केटी जिस्क्याएको भन्दै लम्जुङबाट आएको जन्ती पक्षलाई बुधबार गोरखाको पालुङटार नगरपालिका-४ कुमाल गाउँका बेहुली पक्षले कुटपिट गरेको प्रहरीले जनाएको छ ।

कुटपिटबाट घाइते लम्जुङका ३४ वर्षीय बिष्णुबहादुर कुमालको उपचारको क्रममा पोखराको गण्डकी मेडिकल कलेजमा मृत्यु भएको एसपी भोला रावलले बताएका छन् । ‘गाउँको केटीहरु जिस्क्याएको भन्दै बेहुली पक्षका केटाहरुले गाडी रोकेर जन्ती पक्षलाई कुटेको हुन् एसपी रावलले बताएका छन् । 

कुटपिटबाट जन्ती पक्षकै अर्का एक जना घाइते छन् । कुटपिटमा संलग्न भएको आशंकामा केही व्यक्तिलाई पक्राउ गरिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top