“कविता “

स्याङ्गजा, १७ वैशाख । 

बल्छीमा झैं चारो देखाई पासोमा पार्ने देखेँ,

शारीरिक प्यास मेटाएर भोलि भन्दै टार्ने देखेँ,

एक्लै युद्ध जित्नेहरु आफैसङ्ग हार्ने देखेँ,

आफ्नो झुट लुकाउनलाई सत्यलाई मार्ने देखेँ,

अङ्शबण्डा चित्त दुखाइ आँठोकिलो सार्ने देखेँ,

दाजुभाइमा झगडा भई आगो पानी बार्ने देखेँ,

दोहोरो अर्थ लाग्ने शङ्खको धुन कसले बनायो ।

तरकारीमा सधैं नभइ नहुने त्यो नुन कसले बनायो ।

हजारौं तारा छोडी सबैले रोज्ने जून कसले बनायो ।

गहना नलगाई नहुने अचम्मको सुन कसले बनायो।

मान्छेहरू समुन्द्रमा पनि कुराले पुल बनाउदा रहेछन् ।

तीखो घोच्ने काँडालाई पनि कुराले फूल बनाउदा रहेछन् ।

चैत वैशाखको खडेरीमा पनि कुराले मूल बनाउदा रहेछन्।

मान्छेले समर्थन र बिरोधका कुराले हुल बनाउदा रहेछन् ।

खड्का महेन्द्र कुमार
फेदिखोला गा.पा.२ स्याङ्जा
हाल खाडी मुलुक

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top