सरकारले घटाउने भयो इन्टरनेट सेवा शूल्क

काठमाडौं, १७ वैशाख । पछिल्लो समय मानिस इन्टरनेटबाट टाढा रहन नसक्ने भएको छ । मानिसको आधारभूत आवश्यकतामा पर्न थालेको इन्टरनेटबाट धेरै कुराको ज्ञान हासिल गर्न सकिन्छ । आफूले नजाने र अस्पष्ट भएका इन्टरनेटको सहयोग मार्फत यस्ता समस्याको समाधान गर्न सकिन्छ । नेपालमा पनि इन्टरनेटको प्रयोग बढ्दै गएको छ । नेपालमा इन्टरनेट महङ्गो र गुणस्तरीय नभएको गुनासो आउने गरेको छ ।

यसलाई सरकारले सम्बोधन गर्ने भएको छ । सरकारले इन्टरनेट शुल्क घटाउने गरी दूरसञ्चार ऐन, २०५३ लाई संशोधन गर्ने तयारी गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले दुरसञ्चार ऐनलाई संशोधन गर्ने सम्बन्धी विधेयक तयार गरी स्वीकृतिका लागि अर्थ मन्त्रालयमा पठाएको छ ।

सञ्चार मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले अर्थ मन्त्रालयबाट स्वीकृति पाएपछि कानून् मन्त्रालयसँग समन्वय गरी विधेयक अघि बढाउने बताए । हाल प्रचलनमा रहेको दूरसञ्चार ऐन २०५३ ले दूरसञ्चार क्षेत्रको धेरै विषय समेट्न नसक्ने हुनाले संशोधन गर्न लागेको सञ्चार सचिव गुरुङको भनाइ छ ।

सोमबार संसदको विकास तथा प्रविधि समितिको बैठकमा सूचना प्रविधिसम्बन्धी विधेयकमाथिको छलफलका क्रममा सांसदहरुले नेपालमा इन्टरनेट सेवा शूल्क महंगो भएको भन्दै सरकारको ध्यानाकर्षण गरेका थिए । जवाफमा सचिव गुरुङले ऐन संशोधन गरी शुल्क घटाउने व्यवस्था गर्ने बताए ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top