६१ वर्षका रुपनारायणको यस्तो रुप ! बच्चाहरु भूत भनेर तर्सन्छन्, किन पाएनन् भत्ता ? के भएको होला यस्तो ?

तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नं. ३ बनकेवाटारका ६१ वर्षिय रुप नारायण भण्डारीले आफुले सरकारबाट केहि सहयोग नपाएको गुनासो गरेका छन् ।

उनी एउटा आँखा देख्दैनन् र एउटा कान सुन्दैनन् । अझै उनको अनुहार र शरीर देख्ने हो भने जो कोहि सुरुमा झसंग हुन्छ । उनको शरीरमा अस्वभाविक गिर्खा आएका छन् भने अनुहारको छाला पनि बढेर डरलाग्दो भएको छ । सानै देखि यस्तो भएको रुप नारायण बताउछन् । उनको अनुहारमा २५ वर्षमा अप्रेसन भएको थियो तर अप्रेसन पछि झनै छाला बढेको छ ।

रुप नारायणको बिहे भएको छैन । उनि अहिले माइला भाई बुहारीसंग बस्दै आएका छन् । उनलाई घर परिवार र समाजसंग कुनै गुनासो छैन । उनको गुनासो सरकारसंग छ । उनले कस्ता कस्ताले त भत्ता पाएका छन् मैले किन नपाएको होला भनेर दुखेसो गर्छन् ।

हेर्नुहोस रुप नारायणको अबवस्था यस्तो छ :

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top