बागलुङ्गको निसीखोलामा निःशुल्क स्वास्थ्य शिबिर सम्पन्न

बाग्लुङ्ग, १६ वैशाख । बागलुङ्ग जिल्लाको निसीखोला गाउँपालिकामा दुई दिने वृहत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । भुकम्पको चौथो बार्षिकीको स्मरणमा पोखरा स्थित कर्मफ्लाइट्स फाउन्डेशन नेपाल र निसीखोला गाउँपालिका बागलुङ्गको संयुक्त आयोजना तथा नेपाल इज ट्रष्ट, यु.के. र देविस्थान स्वास्थ्य चौकीको सहआयोजनामा भएको उक्त शिविरबाट विभिन्न रोगका कुल १ हजार २ सय ५८ जना सेवाग्राहीले उपचार सेवा प्राप्त गरेका छन् ।

शिविरमा बरिष्ठ हाडजोर्नी तथानसा रोग विशेषज्ञ डा. सबिन ब्यञ्जनकार, प्रशुतितथा स्त्री रोग विशेषज्ञ डा. सुनिता गुरुङ्ग, नाक, कान, घाँटी विशेषज्ञ डा. आकाश मणी भण्डारी, मेडिकल अफिसर त्रय डा. मनोज धमला, डा. विवेक कँडेल, डा. प्रकाश बञ्जाडे लगायत, वरिष्ठ फार्मासिष्ट टिकाराम पाण्डे नेतृत्व फार्मेसीको टोलीले स्वास्थ्य उपचार र सेवाप्रदान गरेका थिए । जस अन्तर्गत करिब ३०० जना महिलाले स्त्री रोगको जाँच, ६० जनाले घाँटीको इन्डोस्कोपी सहित २५० जनाले नाक, कान, घाँटीको परिक्षण र अधिकांशले हाडजोर्नी तथा नशा रोग र सामान्य चिकित्सा सम्बन्धी जाँच तथा उपचार तथा २२० जनाको ल्याव परिक्षणको सेवा प्राप्त गरेको स्वास्थ्य शिविर संयोजक कृष्ण प्रसाद पाण्डेले बताए ।

शिविरमा ६ लाख ३० हजार रुपैया मूल्य बरावरको आवश्यकियऔषधि समेत निशुल्क रुपमा वितरण गरिएको गाउँपालिकाका स्वास्थ्य संयोजक टोप बहादुर चन्दले बताए । शिविरमा निसीखोला गाउँपालिका दुर्गम गाउँहरुको साथै छिमेकी ढोरपाटन नगरपालिकाका सेवाग्राहीहरुको पनि उल्लेखनिय उपस्थित रहेको कुरा शिविरको समापन समारोहमा बोल्दै प्रमुखअतिथि गाउँपालिकाका अध्यक्षश्री तारानाथ पौडेलले बताए । साथै स्वास्थ्य र शिक्षा जस्ता जनतासँग प्रत्यक्ष सरोकार राख्ने विषयहरुमा कर्मफ्लाइट्ससँग गाउँपालिकाले सहकार्य गरिरहेको स्मरण गराउँदै आगामी दिनमा यस्ता विविध विशेषज्ञ डाक्टर सहितको टोली सहितको स्वास्थ्य शिविर सञ्चालन गर्न आफूहरु अझ उत्साहित रहेको बताए ।

कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामप्रसाद आचार्य, नि. प्रमुख प्रशासकिय अधिकृत पुरुषोत्तम गौतम, सहआयोजक देविस्थान स्वास्थ्यचौकी प्रमुख मुक्तिनाथ लोहनी तथा ४ वटै स्वास्थ्यचौकी तथा एउटा प्रस्तावित अर्नाकोट सामुदायिक स्वास्थ्य इकाईका प्रमुख, रत्नराज्यलक्ष्मी मा.वि का निमित्त प्राचार्य युवराज शर्मा, शिविर सञ्चालन समितिका संयोजकर उपसंयोजक तथा सचिव क्रमशःभविन्द्र कुँवर, तम बहादुर कुँवर र झमबहादुर कुँवर, अर्नाकोट आधारभुत विद्यालय देउरालीका प्र.अ. बेग बहादुर कुँवर, जनहितआ.वि.का विद्यालय व्यवस्थापन अध्यक्ष इदबहादुर रसाइली, जनप्रियआ.विका प्र.अ. सरस्वती शर्मा घिमिरे, वोहरा गाउँ स्वास्थ्यचौकीका प्रमुख राजु खड्का लगायत उपस्थिति रहेको समापन समारोह गाउँपालिका स्वास्थ्य संयोजक टोप बहादुर चन्दको अध्यक्षतामा सम्पन्नभएको कार्यक्रमका सञ्चार सम्पर्क व्यक्तित्व झमश्रीपालीले बताए ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top