“वैशाख बाह्र ” कविता

स्याङ्गजा, १२ वैशाख ।

वैशाख बाह्र मध्याह्न बाह्र बजे,बहत्तर त्यो साल
धेरै धन जन क्षति भुकम्पले,धेरैको आयो काल
प्रचण्ड गर्मी शितलभरी हामी ,हावा त बन्दै थियो ।
चिच्याएर प्रकृतिले सावाधान् लौ,सवैमा भन्दै थियो ।

१. ठूलो पहिरो गए सरी आवाज ,सुन्दा अचम्म पनि,
थाहा कसरी पाइन् ती भाउजूले,भुकम्प आयो भनी
चहै चहै गरेर धर्तीले पनि ,पिङ खेलेको सरी
भत्के ती घर र बिल्डिङहरु नि,धमका ठूलो गरी

२. पुरियो नि रानी पोखरी भत्क्यो त्यो ,धरहरा तापनि
खुल्ला चौरमा बिताए कति रात,धन्न बाँचियो भनी
बस्न बिवश भोकै र नाङ्गै पालमा,अन्न पुरिए पछि
कसरी काटे दिन ती पीडितले ,राहत बिना बसी

३. झम्झम् पानी परेपछि दिनरात ,चुहिने भयो पाल
नेपालीका लागि ठूलो सङ्कट त्यो ,बहत्तर नि साल
वर्णन गर्ने सामार्थ्य पाउनु कहाँ ,कलम कापी लिई
बाँचे पुरिएका युवा तीन दिन,आफ्नै पिसाब पिई ।

४.भयो नया बर्षको शुुरुवात नि,दु:ख र पीडा छाई
पछि सम्म तर्साइरह्यो लौ न त्यो ,पराकम्पन आई
कतिका मरे नि माता र पिता ती,भन्छन् बच्चा के गरौं
भोग्नेका बिपत्ति र पीडा मैले लौ,नापौ कि भन भरौं ।

५. बाँच्ने आट गर्नुपर्ने मृग भई,बाघ सामुख पनि
भन्छु भोग्न नपरोस् यो बिपत्ति लौ,कहि कसैले भनी
टुहुरा भए कति बेसाहारा ती,कस्ले साथमा लिने
बिर्सुभन्छु आतङ्क मनमा त्यही ,आएर छाइदिने ।

६. कहिले उठ्छ लडेको धरहरा,कसले सक्छौ भन
बसन्पुरको दरबार उभियो,वैशाखी टेकीकन
त्यही दिनको झझल्को यो मनमा ,आइरहन्छ किन
जीवन भरी बिर्सन गाह्राे हुने ,बाह्र गतेको दिन ।

महेन्द्र कुमार खड्का

फेदीखोला

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top