पोखराकी एक मात्र महिला ट्याक्सी ड्राइबरको मन छुने कथा : सुरुमा त केटाहरुले जिस्क्याउनु जिस्क्याए

पोखराकी विष्णु कुँवर विगत १० वर्ष देखि ट्याक्सी चलाउदै आएकी छन् । पोखरामा ट्याक्सी भलाउने उनिमात्र एक महिला हुन् । पुर्व खेलाडी समेत रहेकी उनले सानै देखि दाम र नाम कमाउनुपर्छ भनेर साचीरहन्थीन् । बिहे अघिसम्म उनले खेलहरु खेल्थीन् तर बिहे पछि बैंकसं ऋण लिएर ट्याक्सी किनीन् र आफैले चलाउन थालिन् । उले यो पेशा बाध्यताले नभई रहरे गरेको बताउछीन् ।

अहिले उनका २ वटा ट्याक्सी छन् । एउठा उनी आफैले चलाउछीन् भने अर्को ट्याक्सी चलाउन चालक राखेकी छन् । घर परिवारको साथ भएकै कारण आफु सफल भएको उनको अनुधव छ । उनका दुई छोराछोरी निजी विद्यालयमा अध्ययनरत छन्। श्रीमान् पनि पर्यटकको हायस गाडी चलाउँछन्। दुवैको आम्दानी सन्तोषजनक छ। रिजर्भमा उनको खोजी बढी हुने गर्छ। एकचोटि ट्याक्सी चढेको मानिसले उनलाई नै खोज्ने गर्छन्। यात्रुको विश्वास पनि महिला चालकमा अलि बढी हुने गरेको उनको अनुभव छ।

यस क्षेत्रमा आत्मविश्वास र धैर्यसँगै घर परिवार र समाजबाट सकरात्मक साथको जरुरी हुने उनी बताउँछिन्। आज हामीले उनै विष्णुसंग संघर्ष र प्रेरणाका कुरा गरेका छौँ । हेरौँ उनको अनुभव यस्तो छ ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top