सामान्य विवादमा आफ्नै श्रीमतीलाई पेट्रोल छर्केर आगो लगाए यादवले

काठमाडौं, ९ वैशाख । मुलुकमा महिला हिंसाको घटना कमी आउन सकेको छैन । १० महिना अघि कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको थियो । सो घटनाका दोषी पक्राउ पर्न नसक्दा आम मानिसमा त्रास चिन्ता बढिरहँदा अर्की निर्मलामाथि अमानवीय ज्यादती भएको छ । १० महिना अघि विवाह बन्धनमा बाँधिएकी धनुषाकी १६ वर्षीया निर्मला यादवमाथि निर्मम हिंसा भएको छ ।

उनका पति मुकेशकुमार यादवले पेट्रोल छर्केर आगो लगाएरपछि निर्मला अहिले मृत्युसँग संघर्ष गरिरहेकी छन् । घरायसी सामान्य विवादमा १८ वर्षीय पति मुकुशले यही वैशाख पाँच गते दिउँसो साढे चार वजेतिर पेट्रोल छर्केर निर्मलालाई आगो लगाएका हुन् । उनको शरीरको ३५ प्रतिशतभन्दा बढी भाग जलेको छ । कीर्तिपुर अस्पतालको आईसीयू कक्षमा उपचाररत निर्मलाका अवस्था गम्भीर रहेको चिकित्सकले बताएका छन् ।

चार बजेतिर मदिरा सेवन गरेर आएर मुकुशले निर्मलालाई तानेर कोठामा लगे, कुटपिट गरे, दराजका कपडाहरु झिकेर छरपस्ट पारे । निमर्लाको शरीरमा पेट्रोल छर्कन थाले । सलाई कोरेर आगो लगाए र ढोका थुनेर भागे ।

शरीर बोलिरह्यो, निर्मला चिच्याइरहिन् । निर्मलाको चिच्चाहट छिमेकीको कानसम्म पुग्यो । तत्काल छिमेकी घरमा आए र निर्मलाको शरीरमाथि पानी खन्याए । यो खवर आफन्तसम्म पुगेपछि उनीहरु घर फर्किए र निर्मलालाई जनकपुर अञ्चल अस्पताल र्पुयाए ।

जनकपुर अस्पतालले रिफर गरेपछि निर्मलालाई शनिबार साँझ कीर्तिपुर अस्पतालमा भर्ना गरिएको छ । निर्मलाको कुम र छातीभन्दा तलको भाग जलेको छ । उनी सुस्तरी बोल्न त सक्छिन् तर, चलमलाउन सक्दिनिन् ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top