गण्डकी प्रदेश अन्तर्गत घटेका घटना तथा प्रहरी गतिविधिहरु

पोखरा, ९ वैशाख ।

तनहुँ : सवारी दुर्घटना १ जनाको मृत्यु
मिति २०७६/०१/०९ गते म्याग्दे गाउँपालिका- १ गुणादी स्थित पृथ्वी राजमार्गमा दमौलीबाट पोखरातर्फ जाँदै गरेको न. ६ ख ८४१० नम्बरको को बस र बिपरित दिशाबाट आउँदै गरेको प्रदेश नम्बर ३ ०२ ००१ प ६०३५ नम्बर को मोटरसाईकल एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा मोटरसाईकल चालक कास्कीको माथिल्लो पुम्दी-७ बस्ने वर्ष ३१ को सन्दिप कुवँरलाई उपचारको लागि दमौली अस्पताल पठाईएकोमा उपचारको क्रममा मृत्यु भएको छ ।

सोही मोटरसाईकलको पछाडी सवार पोखरा लेखनाथ महानगरपालिका -७ मासबार बस्ने वर्ष २४ र २५ की सिर्जना रावत घाईते भई उपचारको लागि अस्पताल पठाईएको छ । उक्त स्थानमा प्रहरी टोली खटिई गई दुवै सवारी साधन र बस चालकलाई नियन्त्रणमा लिई घटनाको विषयमा थप अनुसन्धान भईरहेको छ ।

मुस्ताङ : शव फेला
मिति २०७६/०१/०९ गते लो घेकर दामोदरकुण्ड गाउँपालिका-१ चराङ स्थितमा काष्ठमण्डप कन्ट्रक्सन प्रा.लि. मा काम गर्ने सिराहा धनगढी नगरपालिका-१२ बस्ने वर्ष अन्दाजी ४९र५० को श्यामसुन्दर सध्या खेतमा घाम ताप्नको लागि म्याट्रेक्स लगाई सुतेकोमा लामो समय सम्म पनि नउठेको साथै अचेत अवस्थामा रहेको भन्ने स्थानिय मार्फत जानकारी प्राप्त भए पश्चात उक्त स्थानमा तत्काल प्रहरी टोली खटिई गई उपचारको लागि नजिकैको स्वास्थ्य चौकीमा खबर गरी चिकित्सकको टोलीलाई बोलाई चेकजाँच गर्दा मृत घोषणा गरेका छन् । घटनाका विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

नवलपरासी पुर्व : शव फेला
मिति २०७६/०१/०९ गते गैडाकोट नगरपालिका- १४ स्थित भेडाबारी वियर फ्याक्ट्री पार्किङ नजिकै हालसम्म नाम थर, वतन नखुलेको वर्ष अन्दाजी ४० को पुरुष व्यक्ति मृत्त अवस्थामा रहेको भन्ने स्थानिय मार्फत खबर प्राप्त हुना साथ उक्त स्थानमा तत्काल प्रहरी टोलि खटिई गई घटनाको विषयमा थप अनुसन्धान भईरहेको छ ।

नवलपरासी पुर्व: सवारी दुर्घटना २ जना घाईते
मिति २०७६/०१/०९ गते गैँडाकोट नगरपालीका -९ थुम्सी जंगल स्थीत पूर्व पश्चिम सडकखण्डमा पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको ना ५ ख ४०६४ नम्बरको बसले सोही दिशा तर्फ जाँदै गरेको ना ५८ प २४० नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकल अनियन्त्रित भई बिपरित दिशाबाट आउँदै गरेको ना ४ च ४६१७ नम्बरको एम्बुलेन्समा ठक्कर खान जाँदा मोटरसाईकल चालक चितवन भरतपुर महानगरपालिका-१२ बस्ने वर्ष ४४ को राम बहादुर थापा र पछाडि सवार भरतपुर महानगरपालिका-७ बस्ने चर्ष २५ को अन्जन तामाङ घाईते भई उपचारको लागि अस्पताल पठाईएको छ । उक्त स्थानमा प्रहरी टोली खटिई गई दुवै सवारी साधन र चालकलाई नियन्त्रणमा लिई घटनाको विषयमा थप अनुसन्धान भईरहेको छ ।

मिति : २०७६/०१/०९ गते प्रहरी नायव उपरीक्षक
(गोविन्द पुरी)

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top