यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाण्डौ, ९ वैशाख । सोमबार अमेरिकी डलरसहित रियाल, रिंगिट, दिर्हाम र दिनार लगायत सबै विदेशी मुद्राको भाउ बढेको छैन । आइतबारकै मूल्यमा साट्न सकिन्छ । राष्ट्रबैकले तोकेको विदेशी मुद्राको विनिमय दर अनुसार आज अमेरिकी डलरको खरिददर ११० रुपैयाँ ६८ पैसा र बिक्रीदर १११ रुपैयाँ २८ पैसा तोकेको छ ।

यस्तै साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ५१ पैसा र बिक्रीदर २९ रुपैयाँ ६७ पैसा छ । कुवेती दिनारको १ को खरिददर ३६३ रुपैयाँ ७७ पैसा र बिक्रीदर ३६५ रुपैयाँ ७४ पैसा तोकिएको छ । कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ७४ पैसा र बिक्रीदर ९ रुपैयाँ ७९ पैसा रहेको छ । मलेसियन रिंगिट १ को खरिददर २६ रुपैयाँ ७८ पैसा र बिक्रीदर २६ रुपैयाँ ९३ पैसा छ ।

बहराइन दिनार १ को खरिददर २९३ रुपैयाँ ५३ पैसा र बिक्रीदर २९५ रुपैयाँ १२ पैसा छ ।आज कतारी रियाल १ को खरिददर ३० रुपैयाँ ४० पैसा र बिक्रीदर ३० रुपैयाँ ५६ पैसा तोकिएको छ । यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ १३ पैसा र बिक्रीदर ३० रुपैयाँ ३० पैसा छ ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top