स्यानी पाटन युवा क्लबको अध्यक्षमा केसी

युवाहरुको ब्यक्तित्व बिकास, प्रतिभा प्रफुटन, नेतृत्व क्षमता अभिबृद्दि गर्ने उद्देश्यले पोखरा महानगरपालिका वडा न.१५ मा शनिबार सम्पन्न युवाहरूको एउटा भेलाले स्यानी पाटन युवा क्लबको गठन भएको छ ।

क्लबको अध्यक्षमा सुरज केसी, उपाध्यक्ष निरि बिक र नम्रता केसि सचिवमा किरण कुबर, सहसचिवमा सन्देश केसि, कार्यसमिति सदस्यहरुमा लभिन मल्ल, सचिन मगर, अमृत केसि, रश्मि भुजेल र समीर सुनार रहेका छ्न ।

युवा क्लब गठन गर्न नेतृत्वदायी भुमिका खेलेका स्थानीय युवा एबम नबगठित क्लबका सहसचिव सन्देश केसिले अगाडि भने- आजसम्म हामी स्यानी पाटनका युवाहरु कुनै पनि क्लब र संस्था बिना नै स्थानीय युवा लक्षित कार्यक्रम गर्दै आईरहेका थियौं आज हामी संगठित भयौं अब हामी यस क्षेत्रमा मात्र नभै सिङो राष्ट्रका युवाहरूलाई जागरुक, उत्पादन मुखी र परिणाम मुखी बनाउन अन्य क्षेत्रका युवा क्लबहरु सङ्ग मिलेर लाग्नेछौ ।

सम्पर्कका लाग:- सन्देश केसि

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top