साभ नेपालको शिक्षक अभिमुखीकरण कार्यक्रम सम्पन्न

पोखरा, ६ बैशाख । साभ नेपालको आयोजनामा पोखराको फुलबारीमा रहेको शिवशक्ति मा.वि. मा शिक्षक अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

‘‘विद्यालय रुपान्तरणमा प्रधानाध्यापक र शिक्षकको भूमिका’’ विषयक अभिमुखीकरण कार्यक्रममा वर्तमानमा समयको शिक्षा क्षेत्रका विकृतिहरु, झ्याङ्गिँदै गएका सामाजिक समस्याहरू, मौलिक संस्कृतिले भोग्नुपरेको अस्तित्वको संकट, प्रतिकूल बन्दै गएको पर्यावरण, बिद्यार्थीहरूले झेलिरहेको मनोवैज्ञानिक समस्या र अभिभावकको अपेक्षित भूमिका, बिग्रँदो युवापुस्ता आदि जल्दाबल्दा विषयहरूसँग सम्बद्ध श्रव्य–दृश्य सामग्रीहरूको उत्पादन र प्रशारणमार्फत् नेपाली समाजमा सामाजिक सचेतना अभिवृद्धि गरी स्वस्थ समाज निर्माणमा कसरी टेवा पु¥याउने भन्ने बिषय समेटिएको साभ नेपालका अध्यक्ष तुलसी प्रवासले जानकारी दिनुभयो ।

प्रमुख प्रशिक्षक किशोरदत्त बरालले विद्यालय प्रधानाध्यापक र शिक्षकहरूको रुपान्तरण, जीवन उपयोगी अथवा सफलताको सीपको विकास, सकारात्मक सोच लगायत विषयमा प्रशिक्षण दिनुभएको थियो । त्यसैगरी साभ नेपालका अध्यक्ष तुलसी प्रवासले शिक्षक हुनुको गौरव विषयमा प्रशिक्षण दिनुभयो ।

कार्यक्रममा विद्यालयका २५ जना शिक्षक शिक्षिकाको सहभागीता रहेको थियो ।

साभ नेपालले शिक्षाक्षेत्रसँग सम्बन्धित समस्या, नेतृत्व क्षमताको विकास, शिक्षकहरूमा विषयगत शिक्षण सीपको विकासका लागि सशक्त तालिम सामग्रीहरू पनि उत्पादन गरिरहेको र हाललाई आफ्नो सचेतनामूलक कामको थालनी नेतृत्व विकास, बालमनोवैज्ञानिक समस्या र अभिभावकहरूको अपेक्षित भूमिका लगायतका विषयमा देशभरी नै विभिन्न तालिम तथा सेमिनारहरु मार्फत गर्दै आइरहेको साभ नेपालका अध्यक्ष तुलसी प्रवासले जानकारी दिनुभयो ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top