कालिका कप भलिबलको उपाधि छन्त्याल सिद्धार्थ चस्मा घरलाई

बागलुङ, २ बैशाख । चैत्राष्टमी मेलाको अवसरमा संचालित कालिका कप खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि छन्याल सिद्धार्थ चस्मा घरले जितेको छ । सोमबार भएको फाइनल खेलमा नेपाली सेनाको नम्बर २३ बाहिनी अड्डालाई ३–० को सोझो सेटमा पराजित गर्दै छन्त्याल सिद्धार्थ चस्मा चरले उपाधि चुमेको हो ।

कप्तान रेशम छन्त्यालको उत्कृष्ट स्पाइकमा छन्त्यालले नम्बर २३ बाहिनी अड्डालाई २५–१९, २५–२२ र २५–१८ को सोझो सेटमा पराजित गरेको थियो । यस्तै अनेरास्ववीयू बागलुङ र काठेखोला गाउँपालिका विच तेस्रो स्थानको लागि भएको खेलमा अनेरास्ववीयूले जित हासिल गरेको छ । अनेरास्ववीयूले काठेखोलालाई ३–१ को सेटमा पराजित गर्दै तेस्रोे भएको हो । पहिलो सेट हारेको अनेरास्ववीयूले लगातार दोस्रो, तेस्रो र चौथो सेटमा जित हात पार्दै तेस्रो स्थान प्राप्त गर्यो । अनेरास्ववीयूले २१–२५, २५–१९, २५–२३ र २५–१६ को सेटमा जित हात पारेको थियो ।

कालिका भगवती गुठी व्यवस्थापन समिति बागलुङले अयोजना गरेको चैत्राष्टी मेलामा आयोजना गरिएको कालिका कप भलिबलको विजेता छन्त्याल सिद्धार्थ चस्मा घरले नगद १ लाख ५१ हजार रुपैयाँ प्राप्त गर्योभने उपविजेतामा चित्त बुझाएको नेपाली सेनाको नम्बर २३ बाहिनी अ्डाले १ लाख १ हजार रुपैयाँ र तेस्रो भएको अनेरास्ववीयू बागलुङले ५१ हजार रुपैयाँ प्राप्त गरेका छन् ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top