देशको बारे युवा ज्योतिषले गरे डरलाग्दो भविष्यवाणी : यो वर्ष देशमा अनिष्ट हुनसक्छ (भिडियो)

काठमाडौं, २ वैशाख । सुदिप रिमाल एक युवा ज्योतिष तथा फेस रिडर हुन्। उनले २०७६ सालको शुभकामाना दिँदै यस वर्षको भविष्य वाणी गरेका छन्। भविष्यवाणी गर्दै उनले देशमा अनिष्ट आउने बताएका छन्। उनले भने, ‘यस वर्षमा राजनीतिक उथलपुथल हुने, विदेशी छलखल बढी हावी हुने, प्राकृतिक विपत्ति आइलाग्ने देखिन्छ।’

नेपाल वृश्चिक राशि भएको कारणले यो वर्ष अशुभको सङ्केत देखिएको उनले बताए। यसको रोकथामको लागि शान्तिको पाठ गरिरहेको हुने उनको भनाई छ। उनले मातापिता भनेर ठगिको व्यापार भईरहेकोमा उनले आपत्ति जनाए। यस्ता ठगी गर्ने अफावा फैलाउनेहरुको लागि अनुगमन भईरहेको उनले बताए।

त्यस्तै, वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको भविष्यवाणी गर्दै उनले भने, ‘कुण्डली यो वर्ष प्रधानमन्त्रीको निकै राम्रो छ। उहाँको सरकार २०७६ सालमा नढल्ने नै देखिन्छ। स्वास्थ्य अवस्थामा समस्या भने यथावत देखिन्छ।’ बाँकी हेर्नुहोस भिडियोमा‘

https://www.youtube.com/watch?v=0AFrdyKbuBQ

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top