ताण्डब न्युजका सम्पादक अर्जुन गिरी पक्राउ, साइबर क्राइमको मुद्धा दर्ताको विषयमा पत्रकारहरुको आपत्ती

पोखरा, २ बैशाख । पोखराबाट प्रकाशीत हुने ताण्डब न्यूज साप्ताहिकका सम्पादक अर्जुन गिरीलाई साइबर क्राइम अन्तरगत मुद्धा दर्ता गरि कारबाही प्रक्रिया अगाडी बढाइएको छ ।

“ठग ! बदमास विपेन्द्रराज बतास” शिर्षकमा अर्जुनले ताण्डबमा समाचार लेखेका थिए । सोहि विषयमा उनलाई साइबर क्राइम मुद्धा दायर गरि कारबाही प्रक्रिया अगाडी बढाइएको जनाइएको छ । गिरीलाई कास्की प्रहरीले पक्राउ गरेर काठ्माण्डौ पठाएको छ ।

यसै बिच पत्रकार गिरीलाई साइबर क्राईम मुद्धा दर्ता गरेको विषयमा पोखराका पत्रकार र पत्रकार सम्बद्ध संस्थाले विरोध जनाएका छन् । नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठले पत्रकार गिरीलाई तुरुन्त रिहाइको माग गर्नुभएको छ ।

सोमबार दिउसो एक विज्ञप्ती निकालेर महासंघ कास्कीले गिरीमाथि ‘बिपिन बतास ठगि समाचार प्रकरणमा’ साइबर क्राइम अन्तर्गत मुद्दा दर्ता गरि, कारबाही प्रक्रिया अगाडी बढाइएकोमा नेपाल पत्रकार महासंघ कास्कीको ध्यानाकर्षण भएको जनाएको हो । पत्रकार महासंघ कास्कीको विज्ञप्तीमा भनिएको छ – “समाचारको बिषयलाई लिएर चित्त नबुझेमा नियमनकारी निकाय प्रेस काउन्सिलमा उजुरी गर्ने र आवश्यक परे कारवाहि गर्ने प्राबधान हुदाहुदै पत्रकारमाथि साइबर क्राइमको मुद्दा दायर गरि कारबाहि गर्ने प्रवृत्तिको महासंघ कास्की खेद प्रकट गर्दै पक्राउ परेका पत्रकार गिरीको अविलम्ब रिहाइको माग गर्दछ ।”

यसैबीच पछिल्लो समयमा विभिन्न बहानामा पत्रकार र मिडिया माथि आक्रमण र मनोबैज्ञानिक त्रास उत्पन्न गराउने प्रयास भइरहेकोमा यस प्रती आपत्ती जनाउदै पूर्ण प्रेस स्वतन्त्रताको ग्यारेन्टी गर्न सम्वन्धित सवैमा महासंघ कास्कीले अपिल समेत गरेको छ ।

गिरीलाई साइबर क्राइम मुद्धा दर्ता गरेको विषयमा पोखराका पत्रकारहरुले सामाजिक सञ्जालमा विरोध जनाइरहेका छन् । उनिहरुले गिरीलाई तत्काल रिहाइ गर्नुपर्ने माग गरेका छन् भने विधिवत दर्ता गरेर संचालनमा रहेको पत्रीका र क्रियाशिल पत्रकारले लेखेको समाचारको विषयमा साइबर क्राईम मुद्धा दर्ता गुर्न प्रेस स्वतन्त्रतामाथिको हमला भनेका छन् ।

मानवअधिकार पत्रकार संघ कास्की, अनलाइन पत्रकार संघ गण्डकी, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी लगायतका पत्रकार सम्वद्ध संस्थाले विज्ञप्ती निकालेर गिरीलाई पक्राउको विरोध गरेका छन् ।

Photo:Kamal Poudel/TandavNews

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top