रामकृष्ण ढकालको स्वरमा ‘हावाको झोका’ सार्वजनिक (भिडियो)

काठमाडौं, २ वैशाख । लोकप्रिय गायक रामकृष्ण ढकालको स्वरमा नयाँ गीत सार्वजनिक गरिएको छ । विकास थापाको शब्द सृजना रहेको ‘हावाको झोका’ बोलको गीत गायक ढकालको स्वरमा सार्वजनिक गरिएको हो । सार्वजनिक गीतमा लोकप्रिय संगीतकार सन्तोष श्रेष्ठले संगीत भरेका छन् ।

गीतको म्यूजिक भिडियोमा अभिनेता सरोज खनालले अभिनय गरेका छन् । कवि हेम प्रभासले निर्देशन गरेको गीतको म्यूजिक भिडियोमा कवि रिमा केसी, सुजन थापा र सविना आचार्यले पनि अभिनय गरेका छन् । निर्देशक हेमप्रभासको परिकल्पना तथा स्क्रिप्ट लेखन रहेको यो गीतको छायांकन मुकेश हुमागाईले गरेका हुन् ।

गीतको म्यूजिक भिडियो मार्फत परिवारमा आमाको भुमिकालाई दर्शाउन खोजिएको छ । श्रीमतीको मृत्यु शोकमा डुबेको एउटा श्रीमान, आमाको मातृशोक भुल्न नसकेर कुलतमा फस्न पुगेका आफ्नै छोराछोरी, एउटा बाबुले जीवनमा स्वीकार्नु पर्ने बाध्यताहरू लगायतका दृष्य म्यूजिक भिडियोमा देख्न सकिन्छ ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top