गण्डकी प्रदेश अन्तर्गत घटेका घटना तथा प्रहरी गतिविधिहरु

पोखरा, २ वैशाख ।

कास्की: मृत अवस्थामा फेला
मिति २०७६/१/०२ गते मोरङ भट्टिमोड वडा नं.१६ घर भई हाल पोखरा महानगरपालिका-१० स्थित औद्योगिक क्षेत्र भित्र टेन्ट टाईलमा काम गर्ने वर्ष ५२ को हरेन्द्र चौधरी बिहान काम गर्न कम्पनिमा नगएको र निजको साथिहरुले निज सुतेको ठाउँमा हेर्न जाँदा निजको मृत्यु भई सकेको भन्ने खबर प्राप्त हुनासाथ उक्त स्थानमा तत्काल प्रहरी टोली खटिई गई घटनाको विषयमा थप अनुसन्धान भईरहेको छ ।

नवलपरासी (पूर्व): सवारी दुर्घटनामा १ जना महिलाको मृत्यू
मिति २०७६/०१/०२ गते गैंडाकोट नगरपालीका वडा नं.१५ स्थीत पूर्व-पश्चिम सडक खण्डमा ना ५ ख ५१८२ नं. को बसले पैदल यात्री सोही ठाउँ बस्ने अन्दाजी ६५ वर्षकी मोती गिरी लाई ठक्कर दिँदा घाइते भई उपचारको लागि चितवन स्थित नयाँ मेडिकल कलेजमा लगिएकोमा उपचारको क्रममा मृत्यू भएको छ । उक्त स्थानमा तत्कालै प्रहरी टोली खटिई गई बस र चालकलाई नियन्त्रणमा लिई घटनाको विषयमा थप अनुसन्धान भईरहेको छ ।

नवलपरासी (पूर्व) : सवारी दुर्घटना
मिति २०७६/०१/०२ गते कावासोति नगरपालिका-८ थकालीचोक स्थीत पूर्व पश्चिम राजमार्गमा पश्चिमबाट पूर्व तर्फ आउँदै गरेको ना ५ ख ३९०६ नं. को बसले बाटो क्रस गर्दै गरेको ना ३१ प ८०९७ नं. को स्कुटीलाई ठक्कर दिँदा स्कुटी चालक देवचुली नगरपालिका-१३ दलदले बस्ने वर्ष २८को कृष्ण प्रसाद भुर्तेल घाईते भई उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुर तर्फ पठाईएको छ । दुवै सवारी साधन र बस चालकलाई नियन्त्रणमा लिई घटनाका विषयमा थप अनुसन्धान भइरहेको छ ।

मिति : २०७६/०१/०२ गते प्रहरी नायव उपरीक्षक
( कृष्ण बहादुर कार्की )

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top