चार दिन देखि हराइरहेका युवकको शव फेला

कञ्चनपुर, २ वैशाख । कञ्चनपुरमा चार दिन देखि हराइरहेका एक युवकको शव सोमबार फेला परेको छ । कृष्णपुर नगरपालिका वडा नम्बर ७ कलुवापुरका १९ वर्षीय सुविल बडायकको सोमबार शव खोलामा भेटिएको प्रहरीले जनाएको छ । सुविलले लगाउने गरेको टि–सर्ट रगत लतपतिएको अवस्थामा भेटिएपछि हत्या भएको आशंका गरिएको छ ।

प्रहरीले घटनामा संलग्न रहेको आशंकामा एक युवतीसहित केही व्यक्तिलाई पक्राउ गरेको छ। टि–सर्ट रगत लतपतिएको अवस्थामा भेटिएपछि घटनाको अनुसन्धान गर्न तालिमप्राप्त कुकुरसहितको प्रहरी टोली परिचालन गरिएको थियो।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top