प्रदेश २ को स्थलगत रिपोर्ट : सक्ने जति सबै विदेश

गाउँ नै विदेशमा ! यसरी फेरिँदैछ ‘देहात’ को मुहार

नेपालमा वैदेशिक रोजगारीका मुख्यतः चार किसिमका प्रभावहरु देखिन्छन् । उज्यालो पाटोबाट हेर्ने हो भने देशमा रेमिट्यान्स भित्रिएको छ । निम्न आयस्तर भएका परिवारजनमा आर्थिक सुधार एवं सानोतिनो खुशीयालीसमेत भित्रिएकै छ ।

तर, अँध्यारो पाटोचाहिँ के छ भने गाउँ नै रित्तिने गरी युवापुस्ताको विदेश पलायनले देश विकासमा जनशक्तिको अभाव खड्किएको छ । र, घर परिवारभित्र वियोगान्त कथाहरुको सिर्जना गरिदिएको छ वैदेशिक रोजगारीले ।

यसैसन्दर्भमा प्रदेश नम्बर २ अन्तरगत केही जिल्लाका भित्री गाउँलाई मानक बनाएर बैदेशिक रोजगारीको सकारात्मक-नकारात्मक प्रभावबारे खोजमूलक सामाग्रीहरु पस्कने प्रयास गरेको छ ।

हामीले देशका अन्य भागजस्तै प्रदेश २ मा पनि वैदेशिक रोजगारीको सघन प्रभावमा परेको भेट्यौं । मधेसका समथर फाँटहरुमा सुखान्त अनि दुःखान्त, दुबैखाले कथा-व्यथा फेला पार्‍यौं । गाउँघरमा वैदेशिक रोजगारीले पारेको आर्थिक प्रभाव पनि भेटियो, सामाजिक प्रभाव पनि देखियो ।

प्रदेश २ मा वैदेशिक रोजगारीको प्रभाव के कस्तो परिरहेको छ भन्नेबारे सो थप सामाग्रीहरु प्रकाशित गरिने छन् ।

Source :-Onlinekhabar.com

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top