परिचय सहकारीको वार्षिकोत्सव तथा क्यालेण्डर विमोचन

पोखरा, २ बैशाख । पोखराको न्यूरोडमा रहेको परिचय बचत तथा ऋण सहकारी संस्थाले आफ्नो ७ औं वार्षिकोत्सव मनाएको छ । वैशाख १ गते एक कार्यक्रमका वीच सहकारीले वार्षिकोत्सव मनाएको छ ।

वार्षिकोत्सवकै अवसरमा सहकारीले आफ्नो संस्थाको भित्ते पात्रो २०७६ विमोचन गरेको छ । सहकारीका अध्यक्ष दिपक तिमल्सिनाले भित्ते पात्रो विमोचन गर्दै क्यालेण्डर प्रचार प्रसार र बजार प्रवद्र्धनको ससक्त माध्यम रहेको बताए । वर्षभरिको कार्यक्रमलाई लागू गर्ने क्यालेण्डरले सहज गर्ने वताउँदै यसलार्य अनुसाशनको आधार पनि मान्नुपर्ने बताए ।

सहकारीका उपाध्यक्ष यदुनाथ बञ्जाराले सहकारीमा कार्यरत सम्पूर्ण कर्मचारीको मनोवल उच्च राख्ने गरी निति निर्माण गरीने वताए । सहकारीका संचालक र कर्मचारीको लगनसिलता र इमान्दारिताले सहकारी र यसका सदस्यहरुको उन्नयन हुने विश्वास व्यक्त गरेका थिए । कार्यक्रमको संचालक सचिव वलराम वडालले गरेका थिए ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top