८३ वर्षका बृद्ध केसीको ठूलो मन, बुढेसकालको जन्मदिनमा गरे यस्तो काम

पोखरा, १ बैशाख । पोखरा –१७ सीतापाईलास्थितपोखरा बृद्धाश्रम बस्दै आउँनु भएका ८३ वर्षिय बृद्ध प्रेम बहादुर के.सी.ले आफ्नो ८३ औँ वर्षको जन्मोत्सवमा सराङ्कोट, भकुण्डेस्थित हिमाली बाल कल्याण संरक्षण मंञ्चलाई २५ हजार नगद आर्थिक सहयोग हस्तान्तरण गर्नुभएको छ ।

आइतबार हिमाली बाल कल्याण संरक्षण मंचका प्रमुख ईन्चार्ज टंकप्रसाद गुरुङलाई २५ हजार नगद हस्तान्तरण गर्नुभयो । ८४ वर्षमा पुग्दा बृद्धबृद्धा, अनाथ बालबालिकालाई सहयोग गर्न नसकिने पो होकि भनेर अहिले नै सेवा भावले आर्थिक सहयोग गरेको बृद्ध प्रेमबहादुर केसीको भनाइ छ ।

गत शुक्रबार पनि पोखरा बृद्धाश्रमलाई बृद्ध केसीले ५० हजार नगद आर्थिक सहयोग गर्नुभएको थियो । सानैबाट खेती किसानी गर्दै आउँनु भएका बृद्ध केसी भने हाल पोखरा बृद्धाश्रममा बस्दै आउँनु भएको छ । सहयोग हस्तान्तरण कार्यक्रममा बृद्ध केसीसँग उहाँको नाति सुर्यबहादुर खत्री तथा पनाति युनिक खड्कापनिसँगै पुग्नु भएको थियो ।

बृद्ध केसीले नयाँवर्ष २०७६ सालको उपलक्ष्यमा हिमाली बाल कल्याण संरक्षण मंचमा रहेका ८१ जना बालबालिकाहरुलाई मिठाई समेत वितरण गर्नुभएको छ ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top