कालिका मन्दिर धुसेनीमा प्रथम ऐतिहासीक चैतेदशै मेला सम्पन्न

धुसेनी, ३० चैत । लमजुङको सुन्दरबजार नगरपालिका १० धुसेनीमा रहेको कालिका मन्दिरमा चैते दशैको अवसरमा ऐतिहासीक प्रथम चैतेदशै मेला २०७५ सम्पन्न भएको छ ।

मेलामा सामुहिक पञ्चवली, स्थानिय बाजागाजा सहित धार्मीक पहिचान झल्कने सांस्कृतिक प्रदशनी, राष्ट्रिय एवंस्थानिय कलाकारहरुको प्रस्तुती रहेको थियो । धुसेनी कालिका मन्दिर क्ष्ँेत्र विकास समितिको आयोजनामा भएको कार्यक्रमलाई सुन्दरबजार नगरपालिकावडा नं. १० ले विशेष सहयोग गरेको थियो ।

त्यस्तै मेलामा समर्पण युवा क्लब, नमुना आमा समुह, कालिका आमा समुह, ग्रिन हाउस कम्प्युटर इन्टिच्युट, सिम्रिक इन्टरनेटले सहयोग गरेका थिए ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top